ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?

१५ पुष, एजेन्सी

चन्द्रमाको दक्षिणी क्षेत्रमा आफ्नो यान उतारेर इतिहास रचेपछि भारतले ब्रह्माण्ड र यसको सबैभन्दा चिरस्थायी रहस्यहरू मध्ये एक ब्ल्याक होलबारे पनि थप बुझ्नको लागि २०२४ मा महत्वाकांक्षी मिसन सुरु गर्ने तयारी गरेको छ । जनवरी १ को बिहान भारत एक ‘उन्नत खगोल विज्ञान वेधशाला’को लञ्च गर्ने विश्वको दोस्रो देश बन्न गइरहेको छ, जुन विशेष गरी ब्ल्याक होल र न्यूट्रोन ताराहरूको अध्ययन गर्न डिजाइन गरिएको हो।

मुम्बईको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका एस्ट्रोफिजिसिस्ट डा वरुण भालेरावले भने, ‘नासाको २०२१ को इमेजिङ मिसन पछि यो दोस्रो यस्तो मिसन हो, जुन मिशनले तारकीय अवशेषहरू वा मृत ताराहरू बुझ्ने प्रयास गर्नेछ।’ एक्स रे फोटोनहरू र विशेष गरी तिनीहरूको ध्रुवीकरण प्रयोग गरेर एक्स पो स्टाट ले ब्ल्याक होल र न्यूट्रोन ताराहरूबाट विकीरण अध्ययन गर्न मद्दत गर्नेछ ।

Advertisement

डा भालेरावले ब्रह्माण्डमा गुरुत्वाकर्षण बल सबैभन्दा बढी र न्युट्रोन ताराको घनत्व सबैभन्दा बढी भएकाले ब्ल्याक होलमा रहेको र यस अध्ययनबाट अन्तरिक्षमा देखिने वातावरणको रहस्य खुलाउन यो मिसनले महत्वपूर्ण काम गर्ने बताए । खगोलविद्ले भने, ’न्यूट्रोन ताराहरू साना वस्तुहरू हुन्, जसको व्यास २० देखि ३० किलोमिटरको बीचमा हुन्छ।

तर तिनीहरू यति घना छन् कि न्यूट्रोन ताराबाट एक चम्चा पदार्थ मात्र सगरमाथा भन्दा बढी वजन हुन सक्छ ।’ भारतको इसरोका लागि वर्ष २०२३ निकै उपलब्धिपूर्ण रह्यो । चन्द्रयान ३ पछि इसरोले आदित्य एल वान पनि लञ्च गर्यो । यसका सार्थ ४६ विदेशी स्याटालाइटहरु पनि भारतले लञ्च गर्यो । अहिले गगनयानको परिक्षण चलिरहेको छ, यसलाई भारतले सन २०२५ सम्म प्रक्षेपण गर्ने योजना बनाएको छ ।

Advertisement

इसरोले अन्तरिक्षमा स्टेशनदेखि चन्द्रमामा मानिसलाई पठाउनेसम्मको योजना बनाइरहेको जनाएको छ । यसैक्रममा इसरोले १ जनवरीमा एक्सपीओस्याट(एक्स रे पोलारिमिटर स्याटालाईट) प्रक्षेपण गर्ने बताएको हो । यो भारतको पहिलो एक्सपोस्याट हो, जसको उद्येश्य तीव्र एक्स रे स्रोतहरुको ध्रुवीकरणको जाँच गर्नु र ब्लाक होलको रहस्यमयी दुनियाको अध्ययन गर्नु रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top