नयाँ वर्ष कुन देशमा कसरी मनाइन्छ ?

१६ पुष,एजेन्सी ।
नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ। प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइएको छ । नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि नै लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।

पाकिस्तानले भने यस वर्ष प्यालेस्टाइनको शोकमा नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाएको छ । विश्वका प्रायः सबै मुलुकमा इस्वी सवत्का आधारमा जनवरी १ तारिखदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । नेपाली पात्रो अनुसार वैशाख १ गतेदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ भने यसलाई मेष संक्रान्तिको नामले समेत चिनिन्छ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई मृत्युदण्ड दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ। पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

Advertisement

नयाँ वर्षको स्वागतका लागि संसारभरका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन्। विश्वका प्राय सबै क्षेत्रमा अंग्रेजी नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने गरिन्छ । अंग्रेजी नयाँ वर्ष नमनाउने राष्ट्रहरुमा पनि यसले पछिल्लो समय व्यापकता पाउँदै गएको छ ।

नयाँ वर्ष मनाउने चलन कहिलेदेखि चल्यो भन्ने कुरा यकिन नभए पनि एक अनुमानअनुसार पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानका आधारमा गर्न थालियो त्यही बेलादेखि नयाँ वर्ष मनाउने परम्परा चलिआएको पाइन्छ । रोमन ग्रिक इन्साइक्लोपेडियामा हर्ष र उमङ्गका साथ नयाँ वर्ष मनाउने परम्परा भएको कुरा उल्लेख छ ।

Advertisement

त्यसैगरी ब्रिटिस म्युजियम लन्डनको एक अरबी शोध पत्रअनुसार हजारौं वर्ष पूर्व नाइल उपत्यकाको सभ्यताका मानिसहरू नयाँ वर्षको पूर्वसन्ध्यामा सामूहिक भोजको आयोजना गर्थे भने बेलायतको अर्को एउटा पुरानो ऐतिहासिक ग्रन्थअनुसार त्यहाँका केही आदिवासी नयाँ वर्षको अघिल्लो दिन एकै ठाउँमा जम्मा भएर आ–आफ्नो इष्टदेवता विशेष गरी सूर्यको पूजा गरेर नयाँ वर्ष मनाउँथे ।

यस्तै स्कटल्यान्ड–आयरल्यान्ड तथा त्यसवरिपरिका क्षेत्रमा नयाँ वर्षका दिन कालो केश हुने पुरुष तथा महिलालाई सम्मान गरिन्छ । त्यहाँका बासिन्दाहरू यस दिन कालो कपाल हुने पुरुष तथा महिलालाई साक्षात् देवताको दूत मान्छन् । जापानमा नयाँ वर्षका बेला घर वरिपरि रूखबिरुवा सजाउनुका साथै शुद्ध जल पिइन्छ, जसलाई ‘नव जात जल’ भनिन्छ ।

जल पिउँदा आयु वृद्धि तथा आरोग्यता प्राप्त हुन्छ भन्ने विश्वास जापानीहरूमा छ । चीनमा रातभर जाग्राम बसेर आमा, बाबु तथा गुरुप्रति आदर भाव व्यक्त गरी आशिर्वाद लिनुका साथै विशेष भोजन ग्रहण गर्ने चलन छ भने नयाँ वर्ष प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका पटाका पट्काइन्छ ।

चिनियाँहरू भान्साको देवताका साथै पछिल्लो वर्षलाई बिदा दिएर फेरि त्यो देवताको आगमन भएको भन्दै नयाँ वर्षको स्वागतमा दीपदानद्वारा गर्छन् । थाइल्यान्डसँगै सम्पूर्ण दक्षिण–पूर्व एसियाली मुलुकका निवासीहरू आ–आफ्नो घर सफा–सुग्घर गरी घरघरमा दियो बालेर नयाँ वर्षको स्वागत गर्छन्  । बर्मामा नयाँ वर्षको उत्सवलाई ‘विजान’ भनिन्छ ।

त्यहाँ घर तथा टोल सजिसजाउ पारेर आफन्तहरू भेटघाट गर्दै एकसाथ खाना खाएर शुभकामना व्यक्त गरिन्छ । कोरियामा नयाँ वर्षका दिन कन्याहरूलाई श्रृंगार पटार गरी गाउँका मुखियाको अगाडि नचाइन्छ । त्यसपछि मुखियाले उनीहरूलाई आफूले चाहेको वरसँग विवाह गर्ने अनुमति दिन्छन । त्यतिबेला ती मुखियाले गाउँका राजाको प्रतिनिधित्व गर्ने विश्वास लिइन्छ ।

मेक्सिकोमा नयाँ वर्षको दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरिन्छ भने ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा आफूलाई मन नपरेको जीवनसाथी भए उसलाई छोडपत्र दिई नयाँ जीवनसाथी छानिन्छ । उता, इरान र इराक सहित अरब देशहरूमा नयाँ वर्षको आगमन उत्सवलाई ‘नौरोज’ भनिन्छ ।

गहुँ तथा जौको हरियो अंकुरा भएको भाँडाको वरिपरि ऐना, फूल, मैनबत्ती तथा रोटी राखिन्छ । यी चीजलाई त्यहाँ शुभ संकेतका रूपमा लिइन्छ । त्यहाँ राति दियो बालेर त्यसको प्रकाशमा उत्साहपूर्वक रमाइलो गरिन्छ । भ्याटिकन सिटीमा आज पनि क्रिसमसपछि नयाँ वर्ष नै हर्षोल्लासपूर्वक मनाइन्छ ।

भ्याटिकनहरू नयाँ वर्ष मनाउने क्रममा पहिलो दिन बिहान आकाशमा सेता परेवाहरू उडाएर तथा एउटा ठूलो केक काटेर भ्याटिकन सिटीको चर्चको परिसरमा केक बाँड्छन् । यस्तै, जर्मनीमा नयाँ वर्षको उत्सव मनाउने क्रममा पानीले भरिएको धातुको भाँडामा मुद्रा खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवक्ताहरूले विभिन्न प्रकारका भविष्यवाणी गर्छन् ।

फ्रान्समा नयाँ वर्षलाई वसिली दिवसका रूपमा मनाउने चलन छ भने पोर्चुगलमा साँढे जुधाएर रमाइलो गरिन्छ । अस्ट्रेलियामा स्वर्ण मुद्रा, ब्रस, चिम जस्ता वस्तुहरू आदान–प्रदान गरिनुका साथै अन्य उपहारहरू साटासाट गरेर नयाँ वर्ष मनाइन्छ ।

यस्तै अमेरिकामा नयाँ वर्षमा अभिनन्दन समारोह आयोजित गर्ने चलन छ । न्युजिल्यान्डमा ब्रिटिस परम्परा अनुसार नयाँ वर्ष मनाइन्छ । त्यहाँ उक्त दिन शुभकामना पत्र आदान प्रदान गर्नुका साथै अनेक किसिमको उत्सव मनाउने परम्परा पनि छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top