NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

नयाँ वर्ष कुन देशमा कसरी मनाइन्छ ?

सोमवार पुस १६ , २०८०
Reading Time: 1 min read
A A
नयाँ वर्ष कुन देशमा कसरी मनाइन्छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ पुष,एजेन्सी ।
नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ। प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव सुरु हुन्छ। सन् २०२४ को नयाँ वर्षको पहिलो उत्सव प्रशान्त महासागरको एउटा सानो टापु देश किरिबाटीको लाइन टापुमा मनाइएको छ । नेपाली समयअनुसार आइतबार दिउँसो ३ः४५ बजेदेखि नै लाइन टापुमा नयाँ वर्ष शुरु भएको हो ।

पाकिस्तानले भने यस वर्ष प्यालेस्टाइनको शोकमा नयाँ वर्ष मनाउन प्रतिबन्ध लगाएको छ । विश्वका प्रायः सबै मुलुकमा इस्वी सवत्का आधारमा जनवरी १ तारिखदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । नेपाली पात्रो अनुसार वैशाख १ गतेदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ भने यसलाई मेष संक्रान्तिको नामले समेत चिनिन्छ ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ। जिजस क्राइस्टलाई मृत्युदण्ड दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ। पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

नयाँ वर्षको स्वागतका लागि संसारभरका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन्। विश्वका प्राय सबै क्षेत्रमा अंग्रेजी नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने गरिन्छ । अंग्रेजी नयाँ वर्ष नमनाउने राष्ट्रहरुमा पनि यसले पछिल्लो समय व्यापकता पाउँदै गएको छ ।

नयाँ वर्ष मनाउने चलन कहिलेदेखि चल्यो भन्ने कुरा यकिन नभए पनि एक अनुमानअनुसार पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानका आधारमा गर्न थालियो त्यही बेलादेखि नयाँ वर्ष मनाउने परम्परा चलिआएको पाइन्छ । रोमन ग्रिक इन्साइक्लोपेडियामा हर्ष र उमङ्गका साथ नयाँ वर्ष मनाउने परम्परा भएको कुरा उल्लेख छ ।

त्यसैगरी ब्रिटिस म्युजियम लन्डनको एक अरबी शोध पत्रअनुसार हजारौं वर्ष पूर्व नाइल उपत्यकाको सभ्यताका मानिसहरू नयाँ वर्षको पूर्वसन्ध्यामा सामूहिक भोजको आयोजना गर्थे भने बेलायतको अर्को एउटा पुरानो ऐतिहासिक ग्रन्थअनुसार त्यहाँका केही आदिवासी नयाँ वर्षको अघिल्लो दिन एकै ठाउँमा जम्मा भएर आ–आफ्नो इष्टदेवता विशेष गरी सूर्यको पूजा गरेर नयाँ वर्ष मनाउँथे ।

यस्तै स्कटल्यान्ड–आयरल्यान्ड तथा त्यसवरिपरिका क्षेत्रमा नयाँ वर्षका दिन कालो केश हुने पुरुष तथा महिलालाई सम्मान गरिन्छ । त्यहाँका बासिन्दाहरू यस दिन कालो कपाल हुने पुरुष तथा महिलालाई साक्षात् देवताको दूत मान्छन् । जापानमा नयाँ वर्षका बेला घर वरिपरि रूखबिरुवा सजाउनुका साथै शुद्ध जल पिइन्छ, जसलाई ‘नव जात जल’ भनिन्छ ।

जल पिउँदा आयु वृद्धि तथा आरोग्यता प्राप्त हुन्छ भन्ने विश्वास जापानीहरूमा छ । चीनमा रातभर जाग्राम बसेर आमा, बाबु तथा गुरुप्रति आदर भाव व्यक्त गरी आशिर्वाद लिनुका साथै विशेष भोजन ग्रहण गर्ने चलन छ भने नयाँ वर्ष प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका पटाका पट्काइन्छ ।

चिनियाँहरू भान्साको देवताका साथै पछिल्लो वर्षलाई बिदा दिएर फेरि त्यो देवताको आगमन भएको भन्दै नयाँ वर्षको स्वागतमा दीपदानद्वारा गर्छन् । थाइल्यान्डसँगै सम्पूर्ण दक्षिण–पूर्व एसियाली मुलुकका निवासीहरू आ–आफ्नो घर सफा–सुग्घर गरी घरघरमा दियो बालेर नयाँ वर्षको स्वागत गर्छन्  । बर्मामा नयाँ वर्षको उत्सवलाई ‘विजान’ भनिन्छ ।

त्यहाँ घर तथा टोल सजिसजाउ पारेर आफन्तहरू भेटघाट गर्दै एकसाथ खाना खाएर शुभकामना व्यक्त गरिन्छ । कोरियामा नयाँ वर्षका दिन कन्याहरूलाई श्रृंगार पटार गरी गाउँका मुखियाको अगाडि नचाइन्छ । त्यसपछि मुखियाले उनीहरूलाई आफूले चाहेको वरसँग विवाह गर्ने अनुमति दिन्छन । त्यतिबेला ती मुखियाले गाउँका राजाको प्रतिनिधित्व गर्ने विश्वास लिइन्छ ।

मेक्सिकोमा नयाँ वर्षको दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरिन्छ भने ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा आफूलाई मन नपरेको जीवनसाथी भए उसलाई छोडपत्र दिई नयाँ जीवनसाथी छानिन्छ । उता, इरान र इराक सहित अरब देशहरूमा नयाँ वर्षको आगमन उत्सवलाई ‘नौरोज’ भनिन्छ ।

गहुँ तथा जौको हरियो अंकुरा भएको भाँडाको वरिपरि ऐना, फूल, मैनबत्ती तथा रोटी राखिन्छ । यी चीजलाई त्यहाँ शुभ संकेतका रूपमा लिइन्छ । त्यहाँ राति दियो बालेर त्यसको प्रकाशमा उत्साहपूर्वक रमाइलो गरिन्छ । भ्याटिकन सिटीमा आज पनि क्रिसमसपछि नयाँ वर्ष नै हर्षोल्लासपूर्वक मनाइन्छ ।

भ्याटिकनहरू नयाँ वर्ष मनाउने क्रममा पहिलो दिन बिहान आकाशमा सेता परेवाहरू उडाएर तथा एउटा ठूलो केक काटेर भ्याटिकन सिटीको चर्चको परिसरमा केक बाँड्छन् । यस्तै, जर्मनीमा नयाँ वर्षको उत्सव मनाउने क्रममा पानीले भरिएको धातुको भाँडामा मुद्रा खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवक्ताहरूले विभिन्न प्रकारका भविष्यवाणी गर्छन् ।

फ्रान्समा नयाँ वर्षलाई वसिली दिवसका रूपमा मनाउने चलन छ भने पोर्चुगलमा साँढे जुधाएर रमाइलो गरिन्छ । अस्ट्रेलियामा स्वर्ण मुद्रा, ब्रस, चिम जस्ता वस्तुहरू आदान–प्रदान गरिनुका साथै अन्य उपहारहरू साटासाट गरेर नयाँ वर्ष मनाइन्छ ।

यस्तै अमेरिकामा नयाँ वर्षमा अभिनन्दन समारोह आयोजित गर्ने चलन छ । न्युजिल्यान्डमा ब्रिटिस परम्परा अनुसार नयाँ वर्ष मनाइन्छ । त्यहाँ उक्त दिन शुभकामना पत्र आदान प्रदान गर्नुका साथै अनेक किसिमको उत्सव मनाउने परम्परा पनि छ ।

Tags: #नयाँ वर्ष २०२४#नयाँ वर्ष को शुभकामना

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.