२०२३ मा नेपालमा काण्डैकाण्ड

१६ पुष,काठमाण्डौ ।
अंग्रेजी वर्ष २०२३ आजबाट सकिदैछ । यस वर्ष नेपालका लागि पनि चरम सत्ताको खेलदेखि महाविपत्ति र विभिन्न काण्डहरु देखापरे ।२०२३ सुरु हुनुअघि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको समर्थनमा दाहाल प्रधानमन्त्री भए । चुनावमा गठबन्धन गरेको कांग्रेसले प्रधानमन्त्री नदिएपछि दाहाल एमाले समक्ष पुगे । दाहाल सरकारमा पहिलो पटक नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी भयो ।

तर रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री भएका सभापति रवि लामिछानेको । नागरिकता पुनः प्राप्त गर्दा प्रक्रिया पुरा नगरेको भन्दै संसद पद खारेज गरेपछि उनी मन्त्री र सांसदबाट पद मुक्त भए । यसैवर्ष ३ स्थानमा सम्पन्न उपनिर्वाचनमा रास्वपाबाट रवि लामिछाने, स्वर्णिम वाग्ले तथा जसपाबाट उपेन्द्र यादव निर्वाचित भए ।

२४ फेब्रुअरी २०२३ मा एमाले र माओवादीको गठबन्धन भत्किएपछि पुन कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जसपा, नागरिक उन्मुक्ति र जनमोर्चा नेपालको गठबन्धन बन्यो । एमाले, माओवादी, रास्वपा गठबन्धन भत्किएपछि राष्ट्रपति, उपराष्ट्रपति नयाँ गठबन्धनले भागबण्डा गरे ।

Advertisement

एमालेका ८ मन्त्रीहरु ९ मार्च २०२३ मा सरकारबाट बाहिरिए । ९ मार्चमा नेपालको तेस्रो राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भए । उनले एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङलाई पराजित गरी निर्वाचित भए् । उनी पूर्वसभामुख थिए । त्यस्तै १७ मार्चमा रामसहाय यादव उपराष्ट्रपतिमा विजयी भएका थिए । नेम्वाङलाई यसै वर्ष गुमाउनु पर्याे । १२ सेप्टेम्बर मा निधन भयो ।

यो नेपालको राजनीतिमा अपूरणीय क्षति भयो । प्रधानमन्त्री दाहालले यो वर्ष भारत र चीनको औपचारिक भ्रमण गरी सन्तुलित सम्बन्ध विस्तार गर्ने प्रयास गरे । ३१ मेमा भारत र २२ सेम्टेम्बेरमा चीन भ्रमण गरेका थिए । अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गरी दाहाल उतैबाट चीन भ्रमणमा गएका थिए ।

दाहालले भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन सहमति गरे । तर उनले यसअघि उठाउँदै आएको नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुराबारे भारतसँग औपचारिक वार्ता गरेनन् । प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद्लाई पूर्णता दिन करिब आठ महिना लाग्यो ।

मन्त्रिपरिषद्लाई पूर्णता दिन १२ पटक मन्त्री थप्नु प¥यो । दाहाल सरकारले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा ‘हाइप्रोफाइल’ नेतालाई पक्राउ गर्याे ।भुटानी शरणार्थी प्रकरणका १० मे २०२३ कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परे । त्यही प्रकरणमा मे १४ मा एमाले सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परे ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, सचिब टेकनारायण पाण्डे पक्राउ परे । त्यसको केही समयपछि भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परे । पाटन उच्च अदालतले १४ डिसेम्बर मा ३० लाख धरौटीमा खाणलाई रिहा गर्ने आदेश ग¥यो । त्यस्तै सरकारले ललिता निवास जग्गा हिनामिना प्रकरणको फाइल पनि यही वर्ष खोल्यो ।

प्रकरणमा मुछिएका १८ जनालाई पक्राउ गरी अनुन्धान अघि बढायो । यो प्रकरणमा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत १८ जनालाई जिल्ला अदालत काठमाडौंले १० सेप्टेम्बरमा धरौटीमा छाड्न आदेश दियो । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि अनुसन्धान अघि नबढेको भन्दै नागरिक समाजका प्रतिनिधिले असन्तुष्टि जनाए ।

राजस्व अनुसन्धान विभागले ३ जुलाईमा भन्सारबाट बाहिरिएको हङकङबाट ल्याएको करिब ६० किलो सुन बरामद ग¥यो । त्यस्तै ७ डिसेम्बरमा दुबईबाट तस्करी भएको १४ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्लमा बरामद भएको थियो । यो वर्ष सुन काण्ड पनि निकै चर्चित भयो । २०२३ मा सबैलाई झस्काउने गरी यति एयरलाइन्सको एटीआर विमान पोखरामा दुर्घटना भयो ।

नयाँ वर्ष सुरु भएकै महिना २३ जनवरीमा काठमाडौंबाट पोखरा उडेको विमान सेती खोंचमा दुर्घटना भयो । दुर्घटनामा चालक दलसहित सबै ७२ को मृत्यु भएको थियो । अक्टोबरमा इजरायलमा ‘अर्न एण्ड लर्न’ कार्यक्रममा कृषि पढ्न गएका १० विद्यार्थीको हमासद्वारा हत्या गरियो ।

सरकारले युद्धका कारण इजरायलमा जोखिममा रहेका नेपालीलाई जहाज पठाएर उद्धार ग¥यो । रुस युक्रेन युद्धका क्रममा पनि ६ नेपालीको ज्यान गयो । ३ नोभेम्बरमा जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पले रुकुम पश्चिम र जाजरकोमा ठूलो भौतिक र मानवीय क्षति पु¥यायो । भूकम्पमा परी दुई जिल्लामा गरी १५७ को मृत्यु र १९७ घाइते भए ।

यसै वर्ष निजी दूरसंचार एनसेलको शेयर किनबेचले राजनीति तरंगित बन्यो । सरकार संचालनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै विभिन्न प्रतिवद्धता जनाए । वर्षको अन्त्यमा सन् २०२३ सकिन दुई दिनअघि काठमाडौंको बालकुमारीमा दक्षिण कोरिया काम गर्न जान पाउँ भन्ने दुई युवा प्रहरीबाट मारिए । यो घटनाबाट सरकारले चौतर्फी आलोचनाको समाना गर्नुपरेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top