Nepal Times
Nepal Times
3
Shares

नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ (फोटो फिचर)

नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ (फोटो फिचर)

१६ पुष,काठमाण्डौ ।
११ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘नेपाली टोपी ः नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औं नेपाली टोपी दिवस मनाइएको हो ।

दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताइएको छ । उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् ।

उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, नेपाली टोपी हाम्रो पहिचान, हाम्रो राष्ट्रिय पहिचान टोपी लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । अंग्रेजी नयाँवर्षको पहिलो दिन जनवरी १ का दिन राष्ट्रिय टोपी दिवस मनाइँदै आइएको छ ।

केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई राष्ट्रिय टोपी दिवसको रूपमा मनाउन थालिएको थियो । कुनै बेला नेपालको राष्ट्रिय पोशाकको एउटा महत्वपूर्ण हिस्सा बनेको टोपी ०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक खारेज गरेसँगै टोपी पनि ओझेलमा पर्ने संकेत देखियो ।

नेपालीको पहिचान बोकेको टोपी संकटमा पर्नु भनेको नेपाली पहिचान नै संकटमा पर्नु हो । तसर्थ यही भावलाई लक्षित गर्दै टोपी दिवसको सुरुवात भएको हो । पहिलो (२०१४) र दोश्रो (२०१५) नेपाली टोपी दिवस फेसबुकमा सीमित रह्यो । पहिलो वर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सीमित यो अभियानले दोश्रो वर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो ।

यो विषय फेसबुकमा भाइरल बनेलगतै विभिन्न क्लब, समूह तथा व्यक्तिहरुले आ–आफ्नै तरिकाले नेपाली टोपी दिवस मनाउन थाले । दुई वर्षको अन्तरालमा देश विदेशबाट थुप्रै ऊर्जाजन्य उत्साहप्रद प्रतिक्रियाहरु प्राप्त भयो । त्यसपछि सन् २०१६ देखि ‘जागरुक युवा अभियान नेपाल’ ले सडकमार्फत पनि टोपी दिवस मनाउन थाल्यो । अहिले देश विदेशका विभिन्न सहर र गाउँहरुमा आ–आफ्नै तरिकाले टोपी दिवस मनाउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.