Nepal Times
Nepal Times
3
Shares

विराट एक्सपो आज सकिदै, के छ अन्तिम दिन ?

विराट एक्सपो आज सकिदै, के छ अन्तिम दिन ?

१६ पुष ,विराटनगर ।
विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ को अन्तिम दिन आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को स्वागत स्वरुप आज सोमबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा गायकहरु सुशान्त क्षेत्री, प्र्रवलदिप विश्वास, द म्युजिकल म्याजिक अफ उर्गेन डोङ र रागा लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ।

एक्सपोमा आइतबार गायक वाङ्देन शेर्पा , डिजे तामा साथै इन्डिया बेस्ट डान्सर ३ का विजेता सर्मपण लामाको को प्रस्तुती रहेको थियो । मोरङ व्यापार संघले यसपटकदेखि आफ्नै नामको ब्राण्डमा एक्स्पो अर्थात उद्योग व्यापार मेला आयोजना गरेको हो ।

संघले २०५३ मा कोशी महोत्सव आयोजना गरेयता विभिन्न नाममा महोत्सव तथा एक्स्पोहरू गर्दै आएको थियो । पाकिस्तानको लेदर उद्योग, बंगलादेशको गार्मेन्ट उद्योग, भारतको कृषि उद्योग र नेपालको हिमाल, पहाड र तराईको औद्योगिक उत्पादनको सामान एक्स्पो स्टलबाट ५ देखि १० प्रतिशतसम्म छुटमा बिक्री हुने भएकोले अन्तिम दिन त्यसको भरपुर फाइदा उठाउन आयोजकले आग्रह गरेको छ ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानमा उत्पादन भएका वस्तुको अवलोकन र खरिद गर्न पाइने मेला आयोजक समितिका संयोजक एवम मोरङ व्यापार संघका उपाध्यक्ष अनिलकुमार साहले बताएका छन् ।प्रवेश शुल्क एक सय तोकिएको एक्स्पोमा उल्लेखीय संख्यामा अवलोकनकर्ताहरु आईरहेको आयोजकले जनाएको छ ।

मेलामा १४ करोडको कारोबार भएको आयोजकले जनाएको छ । मेलामा २ लाख ५० हजारले अवलोकन भ्रमण गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.