Nepal Times
Nepal Times
3
Shares

आज नेप्सेमा आठ दशमलव ७५ अंकको गिरावट

आज नेप्सेमा आठ दशमलव ७५ अंकको गिरावट

१६ पुष,विराटनगर ।

लगातार पाँचौँ दिन आज सोमवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ विन्दुमा झरेको छ ।आज बैंकिङ, विकास बैंक, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढेकोमा अरू समूहको शेयर सामान्य घटेको छ ।

सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सीईडीबी हाइड्रोपावर विकास कम्पनी, चिरख्वा हाइड्रो, नेपाल वेयरिङ हाउस, हाथवे इन्भेस्टमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर खरिदरबिक्री भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.