×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

सन् २०२४ मा विश्व अर्थतन्त्र कस्तो रहला ?

१६ पुष २०८०

१६ पुष,विराटनगर ।
ग्रेगोरियन पात्रो अनुसार अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई मृत्युदण्ड दिएपछि इस्वी सन् सुरुआत भएको मान्यता छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ ।

इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ । रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । अंग्रेजकी नयाँ वर्ष २०२४ लाई हर्षोल्लासका साथ विश्वभर स्वागत गरिएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

Advertisement
Advertisement

सबैभन्दा पहिला नयाँ वर्षको स्वागत किरिबातीमा गरियो । यो मध्य प्रशान्त महासागरमा अवस्थित द्वीप देश हो । यसपछि भव्यताका साथ न्युजिल्यान्डमा नयाँ वर्ष मनाइएको छ । अकल्यान्डको स्काई टावरमा आतिशबाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको थियो । अकल्यान्डमा हजारौँ मानिसहरु नयाँ वर्षको स्वागतका लागि स्काई टावर नजिक भेला भएका थिए ।

यसपछि अस्ट्रेलिया, जापान, कोरिया, चीनमा पनि भव्य रुपमा नयाँ वर्ष २०२४ लाई स्वागत गरियो । यस्तै भारत र नेपालमा पनि आइतबार मध्यराति अंग्रेजी नयाँ वर्षको स्वागत गरियो । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, पोखरा, सौराहा, लुम्बिनी लगायत स्थानमा ‘न्यु इयर इभ’का नाममा यो संवत् मनाइएको छ ।

विश्वभर नयाँ वर्षको स्वागत गरिरहँदा वितेको वर्ष सन् २०२३ विश्वका लागि साइरन बज्ने वर्षका रुपमा रह्यो । कतै क्षेप्यास्त्र परिक्षणका लागि साइरन बजे त कतै युद्धको क्रममा बजिरहे । पूराना युद्धहरू जारी रहेकै बेला वर्ष २०२३ ले नयाँ युद्धको पनि सामना गर्नुपरेको छ ।

सन २०२२ को फेब्रुअरीमा सुरु भएको रुसयुक्रेन युद्ध जारी रहेकै बेला इजरायल र हमासबीच अक्टोबर ७ बाट अर्को भीषण युद्ध सुरु भयो । उता यसै वर्ष सुडानमा फेरि गृहयुद्ध उत्कर्षमा पुगेको छ । गृहयुद्धले सुडानलाई तहस नहस पारेको छ । सन् २०२३ मा सुडानमा लोकतन्त्र स्थापना हुनुपर्ने थियो । तर यसको सट्टामा सुडानी जनताले झन् गृहयुद्ध भोग्न बाध्य भए । यी देशहरुमा गत वर्षभरी कयौं पटक साइरन बजिनै रहे ।

यो वर्ष अफ्रिकामा पनि सैन्य ‘कू’ को आतङ्क जारी रह्यो । गएको जुलाईमा नाइजरको सेनाले प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गरेको थियो । छिमेकी राज्यहरूले ‘कू’ फिर्ता नलिए हस्तक्षेप गर्ने धम्की दिए पनि माली र बुर्किना फासोमा सञ्चालित सैन्य शासकहरूले त्यसको जवाफमा युद्धको धम्की दिएका छन् ।

अगस्टमा ग्याबोनको सेनाले सत्ता कब्जा ग¥यो र अन्ततः चुनाव गर्ने अस्पष्ट प्रतिज्ञाहरू गरे । यता गाजामा इजरायल र हमासबीच युद्ध चलिरहँदा रेड सीमा अमेरिका, उसको नेतृत्वको गठबन्धन र हमासका शुभचिन्तक हतियारधारी समूहहरुबीच पनि युद्ध सुरु भएको छ । खासगरि हुथी र अमेरिका रेड सीमा आमनेसामनेको स्थितिमा छन् ।

सिरिया, लेबनान, इरानका लडाकु समूहसंग पनि अमेरिकाको संघर्ष चलिनै रहेको छ । यता ताइवानलाई लिएर चीनले पटक पटक आफ्नो शक्ति प्रदर्शन जारी नै राख्यो । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्रहरुको सफल परिक्षण गर्दा गत वर्ष पनि दक्षिण कोरिया, जापानमा साइरन बजेका थिए ।

यो वर्ष अजरबैजानले नागोर्नो–काराबाखलाई आफ्नो नियन्त्रणमा लिएको छ । सन् १९९१ मा स्वतन्त्र राष्ट्र घोषणा भएको काराबाखमा सोभियत संघको पतनको तीन दशकपछि पनि पराकम्प महसुस भइरहेको छ । सेप्टेम्बर २०२३ मा अजरबैजानले आक्रमण ग¥यो । केही दिनभित्रै उसले आफ्नो नियन्त्रणमा नरहेका क्षेत्रमाथि कब्जा जमायो र गुमेको त्यस क्षेत्रलाई ‘पुनः एकीकरण’ शुरु गर्ने घोषणा ग¥यो ।

एक हप्ताभित्र एक लाखभन्दा बढी अर्मेनियाली वा नागोर्नो–काराबाखको जनसङ्ख्याको लगभग ८५ प्रतिशत भागेर अर्मेनिया पुगे । यस पलायनले अर्मेनियामा आफ्नो सरकार अर्मेनियालीहरूको सुरक्षा गर्न असफल भएको विरोधमा प्रदर्शनहरू निम्त्यायो । अजरबैजानलाई अर्मेनियाली विभाजित बनेका समय नियन्त्रण गर्न सहज भयो ।

विश्वका निकै संवेदनशील क्षेत्रमा घातक युद्ध चलिरहँदा गत वर्ष दुई प्रमुख शक्तिहरु अमेरिका–चीनबीचको सम्बन्धमा निकै उतारचढाव देखियो । वर्षको सुरुमा तनाव कम हुँदै गएको देखिन्थ्यो । अघिल्लो वर्ष नोभेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फलदायी भेटवार्ता भएको थियो ।

दुई देशबीचको बढ्दो तनावपूर्ण भूराजनीतिक द्वन्द्वलाई कम गराउन अमेरिकी राज्य सचिव एन्टोनी ब्लिन्केनले गत फेब्रुअरीमा बेइजिङको भ्रमण गर्ने योजना थियो । तर त्यसपछि संयुक्त राज्य अमेरिका आकाशमा एक चिनियाँ निगरानी बेलुन देखा परेपछि सम्बन्ध फेरि विग्रियो ।

अन्ततः जुन महिनामा ब्लिन्केन बेइजिङ गए । यसको केही समयपछि नै वाशिङ्टनले चीनसँगको व्यापारमा थप प्रतिबन्धहरू लगायो । गत नोभेम्बरमा एपेक समिटमा बाइडेन र जिनपिङबीच सान फ्रान्सिस्कोमा भेटघाट भए पनि साना सम्झौताबाहेक अरु केही भएन ।

मिसाइल र बमबारीले देशहरुमा आगो बलिरहँदा र त्यसको असरस्वरुप विश्वभर महंगाईले नागरिकहरुको ढाड सेकिरहँदा मौसमले पनि यो वर्ष पृथ्वीमा तातो ओकल्यो । सन् २०२३ ले इतिहासकै सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड बनायो । १ लाख २५ हजार वर्षयता विश्वव्यापी तापमान कहिले यति उच्च भएको थिएन ।

विश्वव्यापी तापमानले सन् २०१५ को पेरिस सम्झौतामा समावेश गरिएको २ डिग्री सेल्सियसको सीमा पार गर्ने संघारमा छ । यसकै नतिजास्वरूप विश्वभरि चरम मौसमी घटनाहरू भएका छन् । विश्वका ठूल्ठूला जंगलमा यति ठूला आगो लागे कि जुन इतिहासमा कहिल्यै लागेका थिएनन् । चरम खडेरीदेखि ठूला बाढीसम्म यसै वर्ष आए ।

यद्यपी गत वर्ष नै यूएईमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२८) मा धेरैजसो देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जानेमा सहमति भएका छन् । कोप–२८ मा अहिलेसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरित गृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने विश्वास गरिएको छ ।

युद्ध, चरम मौसमी संकट, अभाव लगायतका कारण सन २०२३ मा वर्षको सुरुवातमा अधिकांश विश्लेषकहरूले सो वर्ष विश्व अर्थतन्त्र संकुचन हुने आँकलन गरेका थिए । तर त्यसको विपरीत सन् २०२३ को विश्व अर्थतन्त्र धेरै लचिलो साबित भयो । विशेष गरि बेरोजगारीमा ठूलो वृद्धि नभई विश्वव्यापी मुद्रास्फीति घटेको देखियो ।

यद्यपि, ‘सफ्ट ल्यान्डिङ’को अपेक्षा गरिरहेका नीति निर्माताहरू अप्ठ्यारो परिस्थितिबाट पूर्ण रुपमा बाहिर निस्किएका भने छैनन् । अब नयाँ वर्ष सुरु भएसंगै यो वर्ष अर्थतन्त्रको हिसाबले कस्तो रहला भन्नेमा पनि धेरैले चासो राखेका छन् ।

यसै संदर्भमा अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी)ले २०२४ मा विश्वव्यापी उत्पादन सुस्त हुने प्रक्षेपण गरेको छ । उच्च ब्याज दरले मुद्रास्फीति र आर्थिक गतिविधिमा उतारचढाव निम्त्याउने ओईसीडीको अनुमान छ ।

आर्थिक वृद्धिका लक्ष्यहरु पूरा हुने समयावधि सन् २०२५ सम्म लम्बिने पेरिसमा आधारित संगठन ओइसीडीले आकलन गरेको हो । त्यो अवस्थामा प्रमुख केन्द्रीय बैंकहरूले आक्रामक रूपमा ऋण लागत कटौती गर्ने अपेक्षा गरिएको छ । त्यतिन्जेल, विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी) अर्को वर्ष २.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२३ को २.९ प्रतिशत भन्दा केही कम हो ।

यद्यपि,आर्थिक पूर्वानुमान कुनै ‘रकेट साइन्स’ भने होइन । १२ महिनाअघि अमेरिकाले ठूलो मन्दीको सामना गर्ने भविष्यवाणी गरिएको थियो । उच्च ऋण लागतले विकासोन्मुख देशमा शृंखलाबद्ध रूपमा डिफल्टलाई ट्रिगर गर्ने कुरामा अमेरिका बाहिर बजार निर्माताहरूले सर्त नै लगाउन भ्याए । तर यी दुवै भविष्यवाणी गलत साबित भए ।

समग्रमा वितेको वर्ष २०२३ तपाइँका नजरमा कस्तो रह्यो र यो नयाँ वर्षबाट के अपेक्षा गर्नु भएको छ, आफ्ना धारणाहरु अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top