बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

२७ जेठ , काठमाण्डौ।

पाकिस्तान प्रशासित कश्मीर यतिबेला हिंसात्मक झडपले रक्तपातपूर्ण बनेको छ । त्यहाँ ३० जनाको ज्यान गइसकेको छ भने सयौं घाइते भएका छन् । कश्मीरमा आगामी जुलाई २७ मा हुने क्षेत्रीय निर्वाचनअघि चर्किएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि यो हताहती भएको हो । करिब २०० जना घाइते भएको बताइएको छ ।

प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाएको आरोप लगाइएको छ । आइतबार राति रावलाकोटमा भएको हिंसात्मक झडपमा कम्तीमा ११ जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले व्यापक दमन अभियान सुरु गरेको छ । त्यसयता मंगलबारसम्ममा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

त्यसैगरि, क्षेत्रीय सरकारले प्रतिबन्धित जेएएसीका चार प्रमुख नेताविरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न आदेश दिएको छ । साथै उनीहरूलाई पक्राउ गराउन १ करोड पाकिस्तानी रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । जेएएसीले जुलाई २७ मा हुने क्षेत्रीय विधानसभाको निर्वाचनमा १२ सिट शरणार्थीका लागि आरक्षित गरिएको निर्णयको विरोध गर्दै क्षेत्रव्यापी बन्दको आह्वान गरेको हो ।

ती सिटहरू पाकिस्तानका अन्य भागमा विवादको मुख्य कारण ४५ सदस्यीय विधानसभामध्ये १२ सिट शरणार्थीका लागि आरक्षित गर्ने निर्णय बनेको बताइएको छ । अधिकारवादी समूह जोइन्ट अवामी एक्सन कमिटी (जेएएसी) ले यस कदमलाई स्थानीय जनमत दबाउने राजनीतिक हस्तक्षेपको रूपमा व्याख्या गर्दै आन्दोलन आह्वान गरेको थियो ।

सडकमा मुख्यतः प्रहरीका सवारीसाधन मात्र देखिएका थिए । यसबीच पाकिस्तानले आफ्नो देशको बलोचिस्तान प्रान्तमा सक्रिय उग्रवादी समूहहरूलाई ‘फितना अल–हिन्दुस्तान’ भनेर सम्बोधन गर्न सरकारी निकायहरूलाई निर्देशन दिएको भन्दै भारतले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका प्रतिनिधिले यो कदम भारतविरोधी दुष्प्रचारलाई संस्थागत गर्ने प्रयास भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा सोमबार भारतका स्थायी प्रतिनिधि पी. हसरशले यसलाई धार्मिक शब्दावलीमा बेरिएको सरकार–प्रायोजित गलत सूचना र दुष्प्रचारको संज्ञा दिएका छन् । “आफ्नो सिमानाभित्र रहेका समूहहरूलाई ‘फितना अल–हिन्दुस्तान’ भन्न सुरु गर्न पाकिस्तानका सरकारी निकायहरूलाई निर्देशन दिँदै आधिकारिक सूचना जारी गर्नु धार्मिक शब्दावलीमा बेरिएको सरकार–प्रायोजित गलत सूचना र दुष्प्रचार बाहेक केही होइन,” उनले भने ।

यो पाकिस्तानको ‘डिप स्टेट’बाट सञ्चालित घृणाको एक संगठित कारखानाको परिणाम भएको उनको टिप्पणी छ । यसको उद्देश्य आफ्ना नागरिकलाई भारतप्रति स्थायी शत्रुताको अवस्थामा राख्नु रहेको हरिशको भनाइ छ । सन् २०२५ मा पाकिस्तान सरकारले बलोचिस्तान प्रान्तमा सक्रिय सबै ‘आतंककारी’ तथा उग्रवादी समूहहरूलाई आधिकारिक रूपमा ‘फितना अल–हिन्दुस्तान’ घोषणा गरेको थियो ।

यसका साथै भारतले अफगानिस्तानविरुद्ध पाकिस्तानले सञ्चालन गरेको सैन्य हवाई अभियानको पनि आलोचना गरेको छ । “कुनै नरसंहारलाई सैन्य अभियानको रूप दिँदैमा अपराधीको दोष समाप्त हुँदैन,” हरिशले भने, “सर्वसाधारण नागरिकको हत्या गर्नु, उनीहरूलाई अंगभंग बनाउनु र बालबालिकाहरूलाई अनाथ बनाउनु आतंकवादविरुद्धको कारबाही होइन ।”

प्राप्त विवरणअनुसार यस वर्षको पहिलो तीन महिनामा मात्रै अफगानिस्तानमा करिब ४०० जनाको मृत्यु भएको छ । यसबीच पाकिस्तानले फेरि अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले जनाएको छ ।

मृत्यु हुनेहरूमा ११ जना बालबालिका, एक महिला र एक वृद्ध पुरुष रहेका छन् । आक्रमणमा कुनार, खोस्त र पक्तिका प्रान्तका आवासीय क्षेत्रहरूलाई निशाना बनाइएको थियो । अफगान सरकारले उक्त कारबाहीको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन भनेको छ ।

अफगानिस्तान र पाकिस्तानबीच सीमावर्ती क्षेत्रमा तनाव पुनः चुलिएको छ । अफगान पक्षका अनुसार गएराति पाकिस्तानी सेनाका लडाकु विमानहरूले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेका थिए । पाकिस्तानी सेनाले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूलाई लक्षित गरी बमबारी गरेको आरोप अफगानिस्तानले लगाएको छ ।

अफगान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदका तर्फबाट जारी गरिएको विज्ञप्तिअनुसार पाकिस्तानी सेनाले पुनः एकपटक अफगानिस्तानको सार्वभौमसत्ताको उल्लंघन गरेको छ । मुजाहिदका अनुसार पाकिस्तानी लडाकु विमानहरूले अफगानिस्तानका तीन प्रमुख प्रान्त—कुनार, खोस्त र पक्तिकाका आवासीय क्षेत्रहरूलाई निशाना बनाएका थिए ।

ती क्षेत्रमा रहेका सर्वसाधारणका घरहरूमा बमबारी गरिएकाले धेरै घरमा क्षति पुगेको बताइएको छ । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ, जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top