बालेनले आफूखुसी काम गर्ने कर्मचारीमाथि बजारे लौरो

१६ पुस ८०, मंगलबार

१७ पुष,काठमाण्डौ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले तीन जना कर्मचारीलाई निलम्बन गरेका छन् । कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको हो । मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन् ।

Advertisement

नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उल्ट्याएको पाइएपछि तीन कर्मचारी निलम्बनमा परेको मेयर शाहको सचिवालयले बताएको छ । ‘नगरसभाको निर्णय नै परिवर्तन गरिदिनुभयो । यो त अक्षम्य निर्णय हो,’ सचिवायलका कर्मचारी भन्छन्, ‘मेयर साब‘ले छानबिन पछि उहाँहरूलाई निलम्बनको निर्णय लिनुभएको हो।’

स्वास्थ्य विभाग प्रमुख निलम्बनमा परेसँगै सोमबार महानगरमा आयोजित स्वास्थ्यको कार्यक्रम पनि शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले चलाएका थिए । यसअघि बसेको महानगरको २३ औँ नगरसभा बैठकले महानगरपालिकाको १८ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

Advertisement

उक्त निर्णय प्रमाणीकरण हुँदा एक जनाको संख्या थप भएको पाइएपछि मेयर शाह आफैँले यसबारे चासो राखेका थिए । शाखा अधिकृत बिडारीको छोरीको नाम थप गरिएको पाइएको थियो । त्यसपछि छानबिन गर्दा नगरसभाकै निर्णय परिवर्तन गरेर बिडारीकी छोरीको नाम पनि त्यहाँ थपेर निर्णय प्रमाणीकरण भएको थियो ।

‘पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय भएकोमा ६ जनाको नाम आयो । त्यसबारे मेयर साबले खोज्दा भगवती बिडारीको छोरीले इन्टर्नमा काम गर्न आउनुभएको रहेछ,’ सचिवालयका एक कर्मचारी भन्छन्, ‘उहाँलाई नै फेरि स्वास्थ्यको काममा पठाउनका लागि उहाँहरूले नगरसभाको निर्णय परिवर्तन गरिदिनुभयो।’ जनप्रतिनिधिसहित बसेर भएको उक्त निर्णय परिवर्तन गरिएपछि मेयर शाह आफैँले त्यसमा संलग्न आफ्ना सचिवालय प्रमुखसहितलाई निलम्बन गरेका हुन् ।

Advertisement

यो विवादमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि तानिएका छन् । उनी अहिले बिदामा बसेका छन् । नगरसभाको निर्णयहरू अन्तिम प्रमाणीकरण गर्ने काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने चलन छ । बिदा सकिएसँगै अधिकारी पनि निलम्बनमा पर्नेछन् ।

त्यस्तै, सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापा पनि बिदामा छन् । उनी पनि विवादको घेरामा परेपछि निलम्बन हुने डरले बिदामा बसेका हुन् । उनको काम अहिले नक्सा विभाग प्रमुखले हेरिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top