प्रधानमन्त्री धरान नआई हर्कले फोटो नटांग्ने

१६ पुस ८०, मंगलबार

१७ पुष,धरान।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि अहिले यहाँ भाडभैलो मच्चिएको छ । मेयर साम्पाङले गत पुस १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवैको तस्बिर हटाइदिएका थिए ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको राखेका छन् । यसअघि देखि नै विभिन्न मुद्यामा राजनीतिक दलहरुको तगारो बन्दै आएका हर्क यो घटनापछि झनै विवादमा आए । उनको सो कदमको विरोध जनाउँदै धरानका पाँच दलले पाँच दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न मेयरलाई अल्टिमेटम दिए । यसको विरोधमा विज्ञप्ति पनि जारी गरे । तर हर्कले टेरेनन् ।

आज फेरि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए । तर आज पनि मेयर साम्पाङले प्रधानमन्त्री धरान आएमात्रै आफूले फोटो टाँग्ने अडान जारी राखे । यसक्रममा आज उपमहानगर परिषरमा निकै तनाव हुने आँकलनहरु भइरहेका थिए ।

Advertisement

दलका कार्यकर्ताहरू फोटो लिएर आउनुअघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर राजनीतिक दलका भ्रातृ संस्थाका कार्यकर्ता उपमहानगर पुगेपछि कार्यालय परिसरमा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो ।

यद्यपी राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगर पुगेका दलका भ्रातृ संस्थाका कार्यकर्ताहरू र मेयर साम्पाङबीच दुई घन्टा वार्ता भएको थियो । त्यस क्रममा मेयर साम्पाङले धरान स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रमुख अतिथि बनेर आए मात्रै कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने सर्त राखेका हुन् ।

Advertisement

उनले धरानलाई संघीय सरकारले वेवास्ता गरेको आरोप लगाउँदै आएका छन् । उनले धरान ’डे’ मा प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा बोलाउने ग्यारेन्टी दलहरुले दिनुपर्ने शर्त राखेका छन् । तब मात्रै आफूले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो मेरो कार्यकक्षमा राख्ने बताए ।

त्यसक्रममा विभिन्न भ्रातृ सस्थाका नेताहरुले यसबारे आफूहरुले पार्टीलाई भन्दिने तर धरान नगरले प्रधानमन्त्रीलाई निम्तो दिनुपर्ने बताएका थिए । त्यसलाई पनि मेयरले नकारे । धरानमा यसपटक पुस २० देखि स्थापना दिवस मनाउने तयारी चलिरहेको छ ।

यद्यपी दलका भ्रातृ संस्थाहरुले मेयरलाई तीन दिनको अल्टिमेटम दिएका छन् । आफूहरुले तीन दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको फोटो कार्यकक्षमा राख्न भनेको र मेयरले तीन दिनभित्र केही सोच्ने बचन दिएको दलका नेताहरुले बताएका छन् । पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top