विमानसँग जब विमान ठोक्कियो अनि भयानक आगो

१७ पुष,एजेन्सी।

प्राकृतिक विपत्तिका रुपमा शक्तिशाली भूकम्पपछि उद्धारमा जुटिरहेको जापान एक ठूलो भवितब्यमा परेको छ । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । आगलागीमा ५ जना बेपत्ता भएको बताइएको छ । जापान एयरलाइन्सको विमानमा आगलागी भएको घटनामा ५ जना वेपत्ता भएको समाचारमा जनाइएको छ ।

हनेदा विमानस्थलमा अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर भएको भनिएको भीषण आगलागीमा ५ जना वेपत्ता भएका हुन् । घटना हुँदा विमानमा यात्री सवार थिए । जेएएल ५१६ विमानले जापानको होक्काइदोबाट उडान भरेको बताइएको छ ।

Advertisement

कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको रोयटर्सले उल्लेख गरेको छ । विमानमा सवार ३७९ यात्रु र चालक दलका सदस्य रहेका थिए । जापानी समाचारमाध्यम टिबिएस र एनएचकेका अनुसार कोस्टगार्डको विमानमा रहेका एक व्यक्ति दुर्घटनापछि भाग्न सफल भए पनि अन्य पाँच जनाको अवस्था अझै अज्ञात रहेको हो।

धावनमार्गमा रहेको कोस्ट गार्डको विमान र जापान एयरलाइन्सको विमान एकआपसमा ठोक्किएपछि दुर्घटना भएको बताइएको छ ।जापान एयरलाइन्सको फ्लाइट ५१६ ले साप्पोरो शहर नजिकैको न्यू चिटोस विमानस्थलबाट स्थानीय समयअनुसार अपराह्न ४ बजे उडान भरेको थियो ।

Advertisement

वेबसाइट फ्लाइटराडारका अनुसार विमान स्थानीय समयअनुसार साँझ ५ः४७ बजे हानेदा विमानस्थलमा अवतरण गरेको थियो । यो दुर्घटनापछि हानेदा विमानस्थलले तत्कालका लागि सबै रनवे बन्द गरेको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो ।

मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । घटनास्थलबाट सार्वजनिक तस्बिरमा विमान र धावनमार्गमा आगो देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top