NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने सोमवार असार १६ , २०८२
पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम सोमवार असार १६ , २०८२
धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ? सोमवार असार १६ , २०८२
हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’? सोमवार असार १६ , २०८२
बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द सोमवार असार १६ , २०८२
Next
Prev

समाचार

ओलीलाई खुसी पार्दा माधव रिसाए, प्रचण्ड–देउवाले के गर्लान ?

बिहिबार पुस १९ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१९ पुष,विराटनगर ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर अघि बढ्न गठबन्धनका प्रमुख २ दल कांग्रेस र माओवादी केन्द्र सहमत भएपछि ‘महागठबन्धन’को संकेत देखापरेको छ। जारी छलफल सकारात्मक निष्कर्षमा पुगे राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरूले साझा उम्मेदवारी दिनेछन्।

जुन नेपालको राजनीतिमा देखिने विरलै घटना मध्येको एक हुनेछ । तर यो निर्वाचनले सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । राष्ट्रिय सभामा एमालेलाई पनि भाग दिने प्रचण्ड–देउवाको नयाँ तानबानाले माधव नेपाल रुष्ट बनेका छन् । जसका कारण गठबन्धनले अहिलेसम्म पनि चुनावका लागि सिट बाँडफाँडको छिनोफानो गर्न सकेका छैनन् ।

आज बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँडको लागि गठबन्धनको बैठक बसेको थियो, जो बिना निष्कर्ष टुंगियो । बैठकमा एमालेको प्रस्तावमाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमति जनाएपछि बैठकले निष्कर्ष दिन सकेन ।

एमालेले राष्ट्रियसभा सदस्यका लागि ६ सिट मागेको छ । बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग भएको भेटमा एमाले अध्यक्ष ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ३ सिटका लागि आफूले गठबन्धन दलहरूलाई सहमत गराउन सक्ने बताएका थिए ।

तर प्रचण्डले आज विहानको बैठकमा बुधबार साँझको बैठकबारे बताउने बित्तिकै एकीकृत समाजवादीका अध्यक्ष नेपालले त्यसको विरोध गरेका थिए । प्रमुख प्रतिपक्षीलाई सिट दिने भन्ने कुरा सैद्धान्तिक, व्यावहारिक र रणनीतिक रूपमा उपयुक्त नभएको नेपालले बताएका थिए ।

एमालेको प्रस्तावबारे नेपालको फरक मत आजको बैठकमा पनि रहेपछि सत्ता गठबन्धनभित्र सहमति हुन सकेन । सहमतिको प्रयासका निम्ति छलफललाई निरन्तरता दिइने कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । २० सिट रिक्त रहेकोमा १९ सदस्यका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन छ ।

त्यसअघि नै सिट भागबन्डा मिलाउनका लागि दलहरू दिनदिनै छलफलमा छन् । तर एमालेको प्रस्ताव र प्रचण्ड र शेरबहादुरको लचकताले बैठक नै भड्किएको छ । एमालेले संक्रमणलीन न्यायसँग सम्बन्धित विषयमा सहमति गर्ने भए राष्ट्रिय सभामा ६ सिट दिनुपर्ने प्रस्ताव गरेर बार्गेनिंग गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको आरोप छ ।

‘एमालेले पटक पटक कुरा फेरेको छ, अहिले पनि राष्ट्रिय सभामा बार्गेनिङ गरेको छ, तर यसको ग्यारेन्टी के छ?’ पाण्डेले प्रश्न गरेका छन् । उनी भन्छन्, ‘अहिले कानुन न्याय तथा मानवअधिकार समितिबाट टिआरसी विधेयक पास गरेर संसदमा लैजाने निर्णयमा एमालेको सहयोग हेरेर सोच्न सकिन्छ।’

एकीकृत समाजवादी तयार नभएपछि गठबन्धनले एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिने निर्णय नगरी बैठक सकिएको छ । सोही कारण एमालेबाट रिक्त हुने ८ सदस्यमध्ये कम्तीमा ६ सिट पाउनुपर्ने उसको प्रस्ताव अहिले अलमलमै छ । माधव नेपालले पनि एमालेले राष्ट्रिय सभामा त्यत्रो सिट पाउने आधार नभएको भन्दै जे भन्यो त्यही गर्न नहुने बताएका थिए ।

गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टीले भने यसबारेमा मिलेर जाँदा उचित हुने धारणा राखेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले कुनै एक दललाई निषेध गरेर जानुभन्दा सहमतिको बाटो रोज्नु उचित हुने सुझाव दिएका छन् । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा अहिले टिआरसी विधेयकबारे छलफल भइरहेको छ ।

समितिबाट सर्वसम्मत पास गरेर संसदमा विधेयक पठाउने तयारी छ । आगामी हिउँदे अधिवेशनमा उक्त विधेयकलाई पारित गर्ने तयारीसहित प्रधानमन्त्रीले दलहरुसँग संवाद गरिरहेका छन् । यसैका लागि उनले राष्ट्रिय सभामा एमालेलाई पनि ल्याउन चाहेका हुन् । ताकी विधेयक पास हुँदा सबै दलहरुको सर्वसम्मति भएको देखाउन सकियोस ।

तर यसैलाई लिएर कांग्रेस, माओवादीकै नेताहरु फायर भएका छन् । आज विहानै कांग्रेस नेता शेखर कोइरालाले कसैलाई टीआरसी विधेयक त कसैलाई कुनै काण्डमा बच्न एमालेको साथ चाहिएको भन्दै कटाक्ष गरेका छन् । यस्तै कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पनि लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

एमालेले राष्ट्रियसभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकरात्मक हुनु दुःखद भएको उनको भनाइ छ।यता सातवटै प्रदेशमा सत्तारूढ दलको बलियो मतभार रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष एमालेलाई समेत भागबन्डामा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा यसअघि नै तयार भएर त्यसबारले प्रस्ताव अघि बढाएका हुन् ।

किनभने १९ सिटका लागि हुने चुनावमा गठबन्धन दल मिल्दा एमालेका एक जना पनि उम्मेदवारले जित्ने अवस्था छैन । फागुन २० गते एमालेबाट निर्वाचित ९ जना पदमुक्त हुँदैछन् । ९ जना पदमुक्त हुँदा गठबन्धनका कारण एक सिट पनि नआउने भएपछि एमाले नेतृत्वले आफूलाई शून्यमा नपार्न आग्रह गरेको हो ।तर यसले सत्ता गठबन्धनमा तरंग ल्याइदिएको छ ।

यद्यपि चार दलबिचको एकतामा असर नगर्ने गरी राष्ट्रियसभामा एमालेलाई पनि सँगै लैजान सकिनेमा नेताहरूले जोड दिएका छन् ।यता एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेसँग पर्याप्त मतभार नभएकाले दलहरूसँग प्रारम्भिक छलफल गरिएको जानकारी दिएका छन् । “प्रारम्भिक छलफल हो ।

विभिन्न राजनीतिक दलसँग छलफल गरिरहेको सन्दर्भमा हाम्रा कुरा राख्ने र अरूका कुरा सुन्ने काम भएको छ,” उनी भन्छन् । तर राजेन्द्र पाण्डे प्रमुख प्रतिपक्षीदलले सत्तासँग सिट खोजेर भूमिका गुमाउन खोजेको टिप्पणी गर्छन् । उनी भन्छन्, “प्रतिपक्षले सत्तापक्षसँग एउटा सिट मागेर आफ्नो नादानी रूप देखाउन खोज्यो ।

राष्ट्रियसभामा केही पद घटेर एमालेलाई के फरक पर्छ ? एमालेले प्रतिपक्षी दलको भूमिका गुमाउन खोज्यो,” । माओवादी महासचिव गुरुङ भने अहिलेको परिस्थितिमा सत्ता पक्ष र प्रतिपक्षबीच मिल्न सक्ने ठाउँमा मिल्ने कुरालाई बेठिक भन्न नमिल्ने बताउँछन् । हरेक कुरामा सत्ता पक्ष र प्रतिपक्षका नाममा एकले अर्कालाई निषेध गर्ने तहमा जाँदा व्यवस्था टिक्छ कि टिक्दैन भन्ने हेर्नुपर्ने उनको भनाइ छ ।

यता सिंगै सत्ता गठबन्धनसँग कुरा नमिले चुनाव जित्न गठबन्धन भित्रको जुनसुकै दलसँग सम्भावित सहकार्यको पहल गर्ने एमाले रणनीति छ । खासगरी माओवादी र जनता समाजवादी पार्टीसँग उसले औपचारिक÷अनौपचारिक संवाद चलाएको छ ।

‘राष्ट्रिय सभा निर्वाचन जित्नका लागि एमाले एक्लैको मत पुग्दैन, त्यसैले प्रधानमन्त्रीसँग, विभिन्न राजनीतिक दलसँग औपचारिक÷अनौपचारिक छलफल गरिरहेका छौँ,’ एमाले नेता गौतमले भने, ‘त्यसैले चुनावबारे कुनै अमूक दलसँग छलफल स्वाभाविक छ, तर कुरा के हो प्रधानमन्त्रीका तर्फबाट पनि प्रस्टसँग आउन जरुरी छ ।’

एमालेबाट निर्वाचित आठ सांसद रिक्त हुने भएकाले मिलेर चुनाव जित्ने नीतिलाई एमालेले प्राथमिकतामा राखेको छ । यता सत्ता गठबन्धनले पनि राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेको प्रस्ताव पर्खिने भएको छ । एमालेलाई समेत समेटेर लैजानेबारे छलफल अघि बढेसँगै गठबन्धनले एमालेको प्रस्ताव हेरेर अघि बढ्ने नीति लिएको हो ।

यसबारे तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#प्रचण्ड–देउवा#सत्ता गठबन्धनमा खटपट

लोकप्रीय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

विचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२

थप समाचार

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?
अन्तर्राष्ट्रिय

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे
ताजा समाचार

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै
ताजा समाचार

हवाई नीति २०८२ः ’गेम चेन्जर’ कि राष्ट्रिय स्वार्थ बेच्ने ’दुईधारे तरबार’?

सोमवार असार १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
आज १९ जिल्लाका नदीहरुमा बहाव बढ्ने ,काठमाडौंका घर १ तलासम्म डुबे

धनगढी  डुब्ने गरी कस्तो पानी पर्याे ?

सोमवार असार १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.