×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

ओलीलाई खुसी पार्दा माधव रिसाए, प्रचण्ड–देउवाले के गर्लान ?

१९ पुष २०८०

१९ पुष,विराटनगर ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेटेर अघि बढ्न गठबन्धनका प्रमुख २ दल कांग्रेस र माओवादी केन्द्र सहमत भएपछि ‘महागठबन्धन’को संकेत देखापरेको छ। जारी छलफल सकारात्मक निष्कर्षमा पुगे राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरूले साझा उम्मेदवारी दिनेछन्।

जुन नेपालको राजनीतिमा देखिने विरलै घटना मध्येको एक हुनेछ । तर यो निर्वाचनले सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । राष्ट्रिय सभामा एमालेलाई पनि भाग दिने प्रचण्ड–देउवाको नयाँ तानबानाले माधव नेपाल रुष्ट बनेका छन् । जसका कारण गठबन्धनले अहिलेसम्म पनि चुनावका लागि सिट बाँडफाँडको छिनोफानो गर्न सकेका छैनन् ।

Advertisement
Advertisement

आज बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँडको लागि गठबन्धनको बैठक बसेको थियो, जो बिना निष्कर्ष टुंगियो । बैठकमा एमालेको प्रस्तावमाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमति जनाएपछि बैठकले निष्कर्ष दिन सकेन ।

एमालेले राष्ट्रियसभा सदस्यका लागि ६ सिट मागेको छ । बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग भएको भेटमा एमाले अध्यक्ष ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ३ सिटका लागि आफूले गठबन्धन दलहरूलाई सहमत गराउन सक्ने बताएका थिए ।

तर प्रचण्डले आज विहानको बैठकमा बुधबार साँझको बैठकबारे बताउने बित्तिकै एकीकृत समाजवादीका अध्यक्ष नेपालले त्यसको विरोध गरेका थिए । प्रमुख प्रतिपक्षीलाई सिट दिने भन्ने कुरा सैद्धान्तिक, व्यावहारिक र रणनीतिक रूपमा उपयुक्त नभएको नेपालले बताएका थिए ।

एमालेको प्रस्तावबारे नेपालको फरक मत आजको बैठकमा पनि रहेपछि सत्ता गठबन्धनभित्र सहमति हुन सकेन । सहमतिको प्रयासका निम्ति छलफललाई निरन्तरता दिइने कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । २० सिट रिक्त रहेकोमा १९ सदस्यका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन छ ।

त्यसअघि नै सिट भागबन्डा मिलाउनका लागि दलहरू दिनदिनै छलफलमा छन् । तर एमालेको प्रस्ताव र प्रचण्ड र शेरबहादुरको लचकताले बैठक नै भड्किएको छ । एमालेले संक्रमणलीन न्यायसँग सम्बन्धित विषयमा सहमति गर्ने भए राष्ट्रिय सभामा ६ सिट दिनुपर्ने प्रस्ताव गरेर बार्गेनिंग गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको आरोप छ ।

‘एमालेले पटक पटक कुरा फेरेको छ, अहिले पनि राष्ट्रिय सभामा बार्गेनिङ गरेको छ, तर यसको ग्यारेन्टी के छ?’ पाण्डेले प्रश्न गरेका छन् । उनी भन्छन्, ‘अहिले कानुन न्याय तथा मानवअधिकार समितिबाट टिआरसी विधेयक पास गरेर संसदमा लैजाने निर्णयमा एमालेको सहयोग हेरेर सोच्न सकिन्छ।’

एकीकृत समाजवादी तयार नभएपछि गठबन्धनले एमालेलाई पनि राष्ट्रिय सभामा सिट दिने निर्णय नगरी बैठक सकिएको छ । सोही कारण एमालेबाट रिक्त हुने ८ सदस्यमध्ये कम्तीमा ६ सिट पाउनुपर्ने उसको प्रस्ताव अहिले अलमलमै छ । माधव नेपालले पनि एमालेले राष्ट्रिय सभामा त्यत्रो सिट पाउने आधार नभएको भन्दै जे भन्यो त्यही गर्न नहुने बताएका थिए ।

गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टीले भने यसबारेमा मिलेर जाँदा उचित हुने धारणा राखेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले कुनै एक दललाई निषेध गरेर जानुभन्दा सहमतिको बाटो रोज्नु उचित हुने सुझाव दिएका छन् । संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा अहिले टिआरसी विधेयकबारे छलफल भइरहेको छ ।

समितिबाट सर्वसम्मत पास गरेर संसदमा विधेयक पठाउने तयारी छ । आगामी हिउँदे अधिवेशनमा उक्त विधेयकलाई पारित गर्ने तयारीसहित प्रधानमन्त्रीले दलहरुसँग संवाद गरिरहेका छन् । यसैका लागि उनले राष्ट्रिय सभामा एमालेलाई पनि ल्याउन चाहेका हुन् । ताकी विधेयक पास हुँदा सबै दलहरुको सर्वसम्मति भएको देखाउन सकियोस ।

तर यसैलाई लिएर कांग्रेस, माओवादीकै नेताहरु फायर भएका छन् । आज विहानै कांग्रेस नेता शेखर कोइरालाले कसैलाई टीआरसी विधेयक त कसैलाई कुनै काण्डमा बच्न एमालेको साथ चाहिएको भन्दै कटाक्ष गरेका छन् । यस्तै कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पनि लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

एमालेले राष्ट्रियसभामा सिटको भाग खोज्नु र सत्ता गठबन्धनका दलहरू भाग दिने पक्षमा सकरात्मक हुनु दुःखद भएको उनको भनाइ छ।यता सातवटै प्रदेशमा सत्तारूढ दलको बलियो मतभार रहे पनि राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष एमालेलाई समेत भागबन्डामा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा यसअघि नै तयार भएर त्यसबारले प्रस्ताव अघि बढाएका हुन् ।

किनभने १९ सिटका लागि हुने चुनावमा गठबन्धन दल मिल्दा एमालेका एक जना पनि उम्मेदवारले जित्ने अवस्था छैन । फागुन २० गते एमालेबाट निर्वाचित ९ जना पदमुक्त हुँदैछन् । ९ जना पदमुक्त हुँदा गठबन्धनका कारण एक सिट पनि नआउने भएपछि एमाले नेतृत्वले आफूलाई शून्यमा नपार्न आग्रह गरेको हो ।तर यसले सत्ता गठबन्धनमा तरंग ल्याइदिएको छ ।

यद्यपि चार दलबिचको एकतामा असर नगर्ने गरी राष्ट्रियसभामा एमालेलाई पनि सँगै लैजान सकिनेमा नेताहरूले जोड दिएका छन् ।यता एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेसँग पर्याप्त मतभार नभएकाले दलहरूसँग प्रारम्भिक छलफल गरिएको जानकारी दिएका छन् । “प्रारम्भिक छलफल हो ।

विभिन्न राजनीतिक दलसँग छलफल गरिरहेको सन्दर्भमा हाम्रा कुरा राख्ने र अरूका कुरा सुन्ने काम भएको छ,” उनी भन्छन् । तर राजेन्द्र पाण्डे प्रमुख प्रतिपक्षीदलले सत्तासँग सिट खोजेर भूमिका गुमाउन खोजेको टिप्पणी गर्छन् । उनी भन्छन्, “प्रतिपक्षले सत्तापक्षसँग एउटा सिट मागेर आफ्नो नादानी रूप देखाउन खोज्यो ।

राष्ट्रियसभामा केही पद घटेर एमालेलाई के फरक पर्छ ? एमालेले प्रतिपक्षी दलको भूमिका गुमाउन खोज्यो,” । माओवादी महासचिव गुरुङ भने अहिलेको परिस्थितिमा सत्ता पक्ष र प्रतिपक्षबीच मिल्न सक्ने ठाउँमा मिल्ने कुरालाई बेठिक भन्न नमिल्ने बताउँछन् । हरेक कुरामा सत्ता पक्ष र प्रतिपक्षका नाममा एकले अर्कालाई निषेध गर्ने तहमा जाँदा व्यवस्था टिक्छ कि टिक्दैन भन्ने हेर्नुपर्ने उनको भनाइ छ ।

यता सिंगै सत्ता गठबन्धनसँग कुरा नमिले चुनाव जित्न गठबन्धन भित्रको जुनसुकै दलसँग सम्भावित सहकार्यको पहल गर्ने एमाले रणनीति छ । खासगरी माओवादी र जनता समाजवादी पार्टीसँग उसले औपचारिक÷अनौपचारिक संवाद चलाएको छ ।

‘राष्ट्रिय सभा निर्वाचन जित्नका लागि एमाले एक्लैको मत पुग्दैन, त्यसैले प्रधानमन्त्रीसँग, विभिन्न राजनीतिक दलसँग औपचारिक÷अनौपचारिक छलफल गरिरहेका छौँ,’ एमाले नेता गौतमले भने, ‘त्यसैले चुनावबारे कुनै अमूक दलसँग छलफल स्वाभाविक छ, तर कुरा के हो प्रधानमन्त्रीका तर्फबाट पनि प्रस्टसँग आउन जरुरी छ ।’

एमालेबाट निर्वाचित आठ सांसद रिक्त हुने भएकाले मिलेर चुनाव जित्ने नीतिलाई एमालेले प्राथमिकतामा राखेको छ । यता सत्ता गठबन्धनले पनि राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेको प्रस्ताव पर्खिने भएको छ । एमालेलाई समेत समेटेर लैजानेबारे छलफल अघि बढेसँगै गठबन्धनले एमालेको प्रस्ताव हेरेर अघि बढ्ने नीति लिएको हो ।

यसबारे तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top