Nepal Times
Nepal Times
3
Shares

सर्लाहीमा गोली चल्यो, एकजनाको मृत्यु, १३ राउन्ड हवाइ फायर

सर्लाहीमा गोली चल्यो, एकजनाको मृत्यु, १३ राउन्ड हवाइ फायर

२० पुष,विराटनगर ।
सर्लाहीको बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार अस्पतालबारे छलफल गर्न डाकिएको सर्वदलीय बैठकमा विवाद भएपछि स्थिति झडपमा परिणत भएको हो । अस्पतालको स्तरोन्नति गर्ने÷नगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर साहको मृत्यु भएको बताइएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए । उनले भनेका छन्, ‘मृतक अहिले आन्दोलनकारीकै नियन्त्रणमा छ । गोली लागेरै मृत्यु भएको पनि अहिले भन्न सक्दिनँ ।’

उनका अनुसार आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन शुक्रबार दिउँसो प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउन्ड हवाइ फायर गरेको छ।

अवस्था सामान्य हुन नसकेपछि १३ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ। स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बरहथवा नगरपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेका थिए। अस्पताललाई लिएर स्थानीयबासीले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न खोजेका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.