×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

विवादको बिउँ रोपेर फर्किए जयशंकर !

२० पुष २०८०

२० पुष,विराटनगर ।

दक्षिणको छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र समेत रहेका भारतीय विदेश मन्त्री एस जयशंकर नेपालमा विवादको नयाँ बिउ बिजारोपण गरेर स्वदेश फर्किएका छन् । नेपालले इतिहासमा कहिल्यै विर्सिन नसकिने नाकाबन्दीका मास्टरमान्ड बताइने जयशंकर नेपालमा भारतीय दूतावासमार्फत २० करोड सोझै खर्च गर्न पाउने विवादास्पद सम्झौतासहितका विभिन्न सहमति गर्दै र उच्च राजनीतिक भेटहरु सकेर स्वदेश फर्केका छन् ।

Advertisement
Advertisement

नेपालको दुई दिने भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाली पक्षसँग गरेको सम्झौतामध्ये २० करोडको सिधै खर्च गर्न पाउने विषय सबैभन्दा विवादित बनेको छ। सत्ता गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, एमालेका सांसदहरु तथा नागरिक अगुवाहरुले उक्त सम्झौताको खुलेर विरोध गरेका छन् । सम्झौतामा पुन विचार गर्न तथा माफी माग्न सरकारमाथि दबाबब बढेको छ ।

कतिपयले यो सम्झौतालाई राष्ट्रहित विपरित, राष्ट्रघाती र दुई सरकार संचालनको अभ्यासको रुपमा समेत ब्याख्या गरेका छन् । चौतर्फी विरोध पछि यस विषयमा प्रधानमन्त्रीले नै स्पष्टिकरण दिनु परेको छ । संसदीय समितिमा काग्रेसहरुले प्रश्न उठाएपछि यस विषयमा जवाफ दिएका प्रधानमन्त्रीले सम्झौता भएको तर सिधै खर्च गर्न नदिइने बताए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थसचिव कृष्णहरि पुष्करले भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पु¥याउने सम्झौता गरेका थिए। यही सम्झौता विवादमा परेको हो ।

यो सहित नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका छन्। काठमाडौंमा बिहीबार सम्पन्न नेपालभारत संयुक्त आयोगको सातौं बैठकको क्रममा यी सम्झौता भएका हुन्। नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा आयोगको बैठक बसेको थियो।

बैठकअघि नै दीर्घकालीन विद्युत व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो भने बाँकी तीन सम्झौता आयोगको बैठक सकिएलगत्तै भएको हो।बिहान सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई देशका सचिवबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो।

ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भारतका ऊर्जा सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा सचिव गोपाल सिग्देलले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतामा १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने उल्लेख थियो।त्यस्तै, बिहीबार दिउँसो दरबार मार्गस्थित याक एण्ड यती होटलमा नेपाल भारत संयुक्त आयोगको सातौं बैठक बसेको थियो।

यस्तै, नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौता पनि बिहीबार नै भएको छ।नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र डिपार्टमेन्ट अफ स्पेस अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सम्झौता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए।त्यस्तै नवीकरणीय ऊर्जा विकास क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी पनि सम्झौता भएको छ।

आयोगको बैठक सकेपछि भारतीय विदेशमन्त्री जयशंकरले पनि सामाजिक सञ्जाल ट्विटमार्फत् यसबारे उल्लेख गरेका छन्। गएको कात्तिक १९ मा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिका राहतका लागि पनि पाँचौं चरणको सामग्री पनि हस्तान्तरण भएको छ। यस्तै, साउद र जयशंकरले तीन वटा अन्तरदेशीय प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरेका छन्।

उनीहरूले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा मैनाहिया प्रसारण लाइनको संयुक्त उद्घाटन गरेका हुन्। काठमाडौंमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाल का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

विहान पशुपतिनाथको दर्शन गरेका उनी त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटनमा सहभागि भए । शुक्रबार उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी एनपी साउदले बिदाइ गरेका छन् ।खास गरी जयशंकरको भ्रमणमा भएको सम्झौतापछि नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ ।

बिहीबार नेपाल र भारतबिच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका भारत भ्रमणका क्रममा उक्त सहमति पत्रको प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो ।वर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले दुई देशबिच भएको सम्झौतालाई ऐतिहासिक भनेको छ । नेपालले १० हजार मेगावाट बिजुली बिक्री गरेर बार्षिक ९ खर्ब आम्दानी गर्न सक्नेछ । यसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले समेत विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास ब्यक्त गरेका छन् ।

उनले एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास गरेका छन् । यस्तै विवादित बनेको २० करोड भारतीय दूतावासले सिधै खर्च गर्न पाउने सम्झौता भएपनि त्यसरी खर्च नहुने उनले प्रष्ट पारेका छन् । २० करोड खर्चको व्यापक आलोचना भएपछि प्रधानमन्त्रीले भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका हुन् ।

उनले भनेका छन्, ३ करोडबाट शुरु भएर ५ करोड हुँदै २० करोडसम्म भयो । हामीले मन्त्रीपरिषद्मा यो बारेमा लामो छलफल गरेर गरेका हौँ । मन्त्रीपरिषद्मा त्यो बारेमा लामै छलफल गरेका थियौँ । भारतले जहाँ पायो, त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन, त्यसको प्रक्रिया छ, प्रक्रियाबाट गएर मात्रै हुन्छ ।

विदेशमन्त्री जयशंकरले नेपालमा छाडेको प्रभाव र नेपालका नेताहरुले भुलेको कुटनैतिक मर्यादा हो, होटलमा लर्काे लागेर उनलाई भेट्न पूर्वप्रधानमन्त्रीहरु पुगेको विषय । जयशंकरले शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई र बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपनि विदेशमन्त्री जयशंकरले अन्य दलका नेताहरूलाई भने एउटा होटलमा भेट्न बोलाएका थिए ।

उनी म्यारियट होटलमा बसेको भए पनि नेताहरूलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए ।जयशंकरलाई भेट्न होटल पुग्नेमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् ।

यस्तै मधेसवादी नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउतले सामूहिकरूपमा जयशंकरसँग भेटेका थिए ।परराष्ट्र मन्त्रालयले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक अरु नेताहरूसँगको भेटघाट आफूहरूको जानकारीमा नरहेको बताएको छ ।भारतको हेपाहा प्रबृत्तिविरुद्ध नेपालको जनस्तरमा हुने आलोचनाका बीच जयशंकरले भारत नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने क्रममा जयशंकरले भारतले नेपाललगायत छिमेकी मुलुकलाई आफूसँगै विकासको बाटोमा अघि बढाउन चाहेको बताए । भारतले ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’ भन्ने मुल मन्त्र बनाएर गरिरहेको विकासमा नेपासहित छिमेकी मुलुकलाई पनि सँगै अघि लैजान खोजिरहेको बताए । उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसर पुगेर पूजा गरे।

त्यसक्रममा उनले पशुपति परिसरमै रुद्राक्षको बिरुवा रोपेका थिए। पशुपति पुगेको तस्विर एक्स (पहिला ट्वीटर)मा हाल्दै उनले दुई देशका जनताको कल्याणका लागि प्रार्थना गरेको बताएका छन्। उनले नेपाल भ्रमणका क्रममा सबै नेपालीलाई जोडेको क्रिकेटमा आफ्नो कुटनीति पनि प्रस्तुत गरे । क्यानका पदाधिकारीले केही खेलाडीसहित जयशंकरलाई भेटेका थिए।

नयाँ रंगशाला बनाइदिन गरेको आग्रहमा जयशंकरले जग्गाको व्यवस्थापन गर्न सक्नुहुन्छ भनेर प्रतिप्रश्न गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल त्यसको ठीक एक दशकपछि फेरि विश्वकपमा छनोट भएको छ।

जयशंकरले विश्वकपमा छनोट भएकामा बधाइ दिंदै विश्वकपको तयारीबारे पनि चासो देखाएको चन्दले बताए। जयशंकरले क्यानका पदाधिकारीसँग ‘विश्वकपको तयारीका लागि भारतका तर्फबाट के सहयोग चाहिन्छ? भनी सोधेका थिए। जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटमा सहयोग गर्ने आश्वासन दिएको जनाएका छन्।

Advertisement

ऐतिहासिक विद्युत व्यापार सम्झौतासहित केही विषयमा विवादित बनेको जयशंकरको नेपाल भ्रमण तपाईका नजर कस्तो रह्यो ? नेपाल भारतको सम्बन्ध पुन परिभाषित गर्नुपर्ने जयशंकरको अभिब्यक्तिको अर्थ के हो ? आफ्ना विचारहरु अवश्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top