तीन महिना वित्यो, कहाँ छन् विपिन जोशी ?

२२ पुष, काठमाण्डौ ।
प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायल भीषण युद्धमा होमिएको तीन महिना पूरा भएको छ । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित १२ सयले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो ।

पछि अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपीनसहित एक सय ३२ जना अझै हमासको नियन्त्रणमा रहेका अनुमान छ । अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत जोशी इजरायल पुगेका थिए । नेपालले यो बीचमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका जोशीको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था अझै थाहा हुन सकेको छैन् ।

परराष्ट्रमन्त्री एनपी साउदले जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै आएका छन् । इजरायल सरकार साथै प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग पटक–पटक आग्रह÷अनुरोध गरिएको उनको भनाई छ । जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको बुझिएको छ ।

Advertisement

केही समय अघि अस्पताल लैजादै गरेको विपिनको भनिएको एक भिडियो सार्वजनिक भएको थियो तर यसको स्वतन्त्र पुष्टि र विपिनको अवस्थाबारे आधिकारकि जानकारी आउन सकेको छैन् । अज्ञात अवस्थामा रहेका उनको रिहाइका लागि सरकारले इजरायल, कतारसंगै इजिप्टसँग समेत कूटनीतिक पहल गर्दै आएको छ । तर, उनको रिहाइ हुन सकेको छैन् ।

परराष्ट्र मन्त्री साउद आफैँ उनको रिहाइका लागि पहल गर्न कतार पुगेका थिए । कतार पुगेर त्यहाँका राजा तथा प्रधानमन्त्रीसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए । तर, सरकारले गरेको पहलहरूले सार्थकता पाउन सकेको छैन । नेपालले उनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग गुहार माग्दै आएको छ ।

Advertisement

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ७ तारिखमा लडाइँ शुरु भएयता इजरायलबाट झण्डै २२ हजार ७ सयभन्दा धेरै मानिस मारिसकेका छन् । इजरायलको आक्रमणबाट विस्थापित हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । गाजामा इजरेलको आक्रमण अझै जारी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top