ताइवानको चुनावले चीन र अमेरिकाको मुटु धड्कियो

२० पुष, एजेन्सी ।
ताइवानमा यही १३ जनवरीमा आम निर्वाचन हुँदैछ । उक्त चुनावबाट राष्ट्रपतिसँगै नयाँ सांसदहरुको चयन हुनेछ । स्वशासित द्वीप भए पनि ताइवानमा हुने यो चुनावलाई लिएर अहिले चीनदेखि अमेरिकासम्मले ध्यान केन्द्रित गरेका छन् । रणनीतिक र भूराजनीतिक रुपमा महत्त्वपूर्ण रहेको ताइवान र त्यहाँको चुनावको विषयलाई लिएर अहिले विश्व शक्तिहरुको ध्यान यो द्विपमाथि केन्द्रित छ ।

ताइवानमा हुने चुनावबाट आउने परिणामले थुप्रै कुराहरुमा असर पर्ने देखिन्छ । चुनावको नतिजाले यो द्विप र चीनबीचको सम्बन्धलाई असर पर्नेछ । निर्वाचनको परिणामले यो क्षेत्रमा तनाब सिर्जना गर्ने तथा बढाउने सक्ने सम्भावना पनि प्रबल छ । र यसले विश्वभरकै अर्थव्यवस्थामा पनि असर पर्नेछ ।

हाल ताइवानकी राष्ट्रपति साई इंग वेन संवैधानिक रुपमा तय गरिएको दुई कार्यकाल पूरा गर्दै पदबाट बिदा हुने अवस्थामा छिन् । उनको पार्टी डेमोक्रेटिक प्रोग्रेसिव पार्टी (डीपीपी)लाई चीनले पृथकतावादी मान्छ । तर पनि डीपीपीको गठबन्धनले आगामी चुनावमा ११३ सदस्यीय लेजिस्लेटिव युआन (ताइवानको संसद)मा बहुमत पाउने आशा गरेको छ ।

Advertisement

जससँग कानुन बनाउने, बजेट स्वीकृत गर्ने, युद्धको घोषणा गर्ने र राज्यका अन्य मुद्दाहरुमा समाधानको बाटो खोज्ने अधिकार हुन्छ । आगामी चुनावका लागि ताइवानमा तीनजना राष्ट्रपति पदका उम्मेदवार रहेका छन् । हालकी राष्ट्रपतिकै पार्टी डीपीपीबाट लाई चिङ–ते उम्मेदवार रहेका छन् ।

चीनसँगको एकीकरणको विषयको लागि लाई एक प्रमुख बिरोधी मानिन्छन् । चीनले उनलाई कट्टर पृथकतावादी मान्छ र हालका राष्ट्रपति साईभन्दा पनि बढी खराब भएको बताउँदै आएको छ । तर, चुनाव नजिकिँदै जाँदा लाई भने चीनको दाबीको विपक्षमा वर्तमान राष्ट्रपति साईकै कुरा दोहोर्याउँदै ताइवान पहिलेबाटै स्वतन्त्र रहेको र कसैले पनि केही घोषणा नै गर्न आवश्यक नरहेको बताइरहेका छन् ।

लाईसँगै राष्ट्रपतिको पदका लागि हु यू–यी कोमिङताङ पनि चुनावमा उम्मेदवार छन् । उनी ताइवानको कोमिङताङ (केएमटी) पार्टीका उम्मेदवार हुन्, जुन पार्टी ताइवानको राष्ट्रवादी पार्टी हो । ताइवानमा उनको छवि उदारवादी र क्षमतावान नेताका रुपमा रहेको छ ।

उनी पेन–ब्लु गठबन्धनका नेता हुन्, जसले चीनसँगको बलियो सम्बन्ध र सम्भव भएसम्म एकीकरणको वकालत गर्छ । उम्मेदवार रहेका उनले हालै आफू अहिलेकै अवस्थालाई निरन्तरता दिने पक्षमा रहेको बताएका छन्, जसको अर्थ उनले स्वतन्त्रताको घोषणा पनि नगर्ने र चीनसँग एकीकरणको कुरा पनि नगर्ने रहेको छ ।

अर्का उम्मेदवार को वेन–जे ताइवान पीपुल्स पार्टी (टीपीपी)का उम्मेदवार हुन् । ताइवान र चीनबीचको सम्बन्धलाई लिएर भने टीपीपीसँग कुनै स्पष्ट पक्ष छैन । चुनावको परिणामले नै ताइवान र चीनबीचको सम्बन्ध कुन दिशातर्फ मोडिन्छ भन्ने देखाउनेछ । ताइवानमा हुने चुनाव स्वयं ताइवानका लागि त महत्त्वपूर्ण छ नै, सँगै चीन र अमेरिकाका लागि पनि महत्त्वपूर्ण छ ।

अमेरिका र चीनले एक हिसाबले आफ्नो प्रभावको लडाइ ताइवानमा निरन्तर गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले कैयौं पटक एकीकरण भएरै छाड्ने कुरा गरेका छन् । र यसका लागि शक्तिको प्रयोग हुन सक्ने सम्भावनालाई पनि स्वीकारेका छन् । अमेरिका भने ताइवानको विषयमा कुनै पनि किसिमको सैन्य कारबाही भएमा त्यसलाई रोक्ने तयारीमा छ ।

केही पश्चिमा विश्लेषकहरुकाअनुसार यदि चीनले ताइवानमाथि कब्जा गरेमा चीनले पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो शक्ति देखाउनका लागि छुट पाउनेछ र गुआम र हुवाईजस्ता ठाउँमा रहेका अमेरिकी सैन्य क्षेत्रका लागि जोखिम उत्पन्न हुन सक्नेछ । तर, चीनले भने आफ्नो उद्देश्य पूर्णरुपमा शान्तिपूर्ण रहेको बताउँदै आएको छ ।

अहिले ताइवानको चुनावको विषयलाई लिएर भइरहेका विश्लेषण र सर्वेक्षणकाअनुसार डीपीपीका उम्मेदवार लाई चींग–ते केएमटीका के हु युभन्दा केही अगाडि नै देखिएका छन् र टीपीपीका को वेन–जे भने तेस्रो नम्बरमा मात्रै नभएर शीर्ष दुईभन्दा निकै कमजोर देखिएका छन् । तर, परिणाम के हुन्छ भन्ने कुरा चुनावले नै देखाउनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top