जापानमा भूकम्पको ५ दिनपछि ९० वर्षीया हजुरआमाको उद्धार

२० पुष, एजेन्सी ।

भनिन्छ जन्म र मृत्यु कसैको हातमा हुँदैन् । अहिले जापानमा यस्तै भनाइलाई स्मरण गर्ने गरी एक चमत्कारिक उद्धारको भएको छ । विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः निराशामा बदलिन्छ । तर भूकम्प गएपछि पाँच दिनसम्म नभेटिएपछि परिवारले माया मारिसकेकी एक ९० वर्षीय हजुरआमाको भग्नावशेषबाट जिवितै उद्धार गरिएको छ ।

जापानमा भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी वृद्धालाई शनिवार उद्धार गरिएको हो । तर सुजु सहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिवार उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको र अस्पतालमा लानुअघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ । टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरेका छन् ।

जापानमा जनवरी १ मा गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका परकम्पनमा परि कम्तीमा एक सय २६ जनाको ज्यान गएको र दुई सय २२ जना हराइरहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए ।

सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम वर्षा र आँधीबेहरीका कारण आइतवार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ । अनुमानित एक हजार पहिरोमध्ये केहीले सडकलाई पुरेको वा भत्काएका कारण त्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top