काठमाडौंमा गाँजाको केक, बर्थ डे पार्टी कि गाँजा पार्टी ?

२१ पुस ८०, आइतबार

२२ पुष,काठमाण्डौ ।
केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट विसन मानन्धरलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पु¥याउने गरेका थिए ।

Advertisement

इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले ती केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा उनको घरबाट बरामद भएको जनाएको छ ।

मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ । यसैबीच हुण्डी र ठगीका नाइके भनेर चिनिएका सफलराज कुँवर पक्राउ परेका छन्। सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लेका कुँवरलाई पक्राउ गरिएको हो।

Advertisement

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार कुँवर शनिबार राति विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई प्रहरीले अध्यागमनको डेस्क नजिकैबाट पक्राउ गरेको हो। सिंगापुर एयरलाइन्सको उडानमार्फत उनी काठमाडौं आएका थिए।

शनिबार राति ९ः४५ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन्। क्राउ परेका कुँवरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ। त्यसपछि मात्रै कँवरलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ।

Advertisement

उनले मकाउ लैजाने भनेर सयौं युवाहरुबाट करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका छ। ठगीसँगै उनी हुण्डी कारोबारी समेत भएको सीआईबीले जनाएको छ। ५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहे पनि कुँवर नेपाल नै नरहेकाले पक्राउ पर्नबाट बच्दै आएका थिए। कुवँरसहितको समूहले मकाउमा बसेर हुण्डीको कारोबार गर्ने गरेको अनुसन्धानबाट देखिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top