उत्तरबाट २ सय तोप प्रहार ,दक्षिणको गाउँ खाली

२३ पुष,एजेन्सी ।
वर्षाैदेखि छिमकी दक्षिण कोरियासँग शत्रुतापूर्ण सम्बन्ध अघि बढाइरहेको उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार वस्ती खाली गर्न आदेश दिइएको थियो ।

Advertisement

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले सन् २०१८ मा तनाव कम गर्ने सम्झौताअन्तर्गत बनेको मध्यवर्ती क्षेत्रमा गोला खसेको बताएका थिए । गत नोभेम्बरमा उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि उक्त सम्झौता टुटेको थियो । दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङले उत्तर कोरियाले लगातार तेस्रो दिन समुद्री सीमा नजिक ‘लाइभ फायर ड्रिल’ गरिरहेका बेला त्यहाँका बासिन्दालाई आइतबार घरभित्रै बस्न चेतावनी दिएको स्थानीय अधिकारीले एएफपीलाई बताएका छन् ।

“अहिले उत्तर कोरियाली सेनाले गोली चलाएको आवाज सुनिएको छ”, सबै बासिन्दालाई पठाइएको सन्देशमा भनिएको छ, “बासिन्दाहरूलाई बाहिरी गतिविधिहरूबारे सावधान रहन आग्रह गरिन्छ ।” तर उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले प्योङयाङले एक दिनअघि आफ्नो सीमानजिकै दर्जनौं राउन्ड गोली चलाएको भन्ने सियोलको दाबीको खण्डन गरेकी छन् ।

Advertisement

किमले आफ्नो देशको सेनाले ६० पटक गोली चलेको आवाजको नक्कल गर्दै सामान्य विस्फोटक पदार्थ विस्फोट गराएको र दक्षिण कोरियाली सेनाको प्रतिक्रिया हेरेको दाबी गरेकी छन् । गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको संविधानलाई आणविक शक्तिको दर्जा दिएको र धेरै उन्नत आइसिबीएमको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौंयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।

प्योङयाङको यस वर्षको अन्त्यमा भएको नीतिगत बैठकमा किमले दक्षिण कोरियामाथि आणविक आक्रमणको धम्की दिँदै सशस्त्र द्वन्द्वअघि आफ्नो देशको सैन्य शस्त्रागार निर्माण गर्न आह्वान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top