कोशीमा फल्यो सबैभन्दा धेरै धान, अन्य प्रदेशमा कति फल्यो ?

२२ पुस ८०, सोमबार

२३ पुष,काठमाण्डौ ।
कृषि प्रदान देश नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी धान फलेको छ । चालु आर्थिक वर्षमा बर्खे धानवालीको उत्पादन बढेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा हालसम्मकै सबैभन्दा धेरै धान फलेको हो । यस वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।

यसअघि २०७७÷७८ मा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम हुँदा पनि उत्पादन भने बढेको मन्त्रालयले जनाएको छ । कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टरले घटेपनि उत्पादन भने ४ दशमलव ९७ प्रतिशतले बढेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

तथ्यांकअनुसार यस वर्ष सबभन्दा धेरै धान कोशी प्रदेशमा उत्पादन भएको छ । त्यस्तै सबभन्दा कम कर्णालीमा भएको मन्त्रालयले जनाएको छ । कोशीपछि मधेस प्रदेशमा धेरै धान फलेको छ । कोशीमा सय वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन हुँदा मधेशमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ ।

Advertisement

सबैभन्दा कम धान फलेको कर्णालीमा यस वर्ष एक लाख ४५ हजार ६३ मेट्रिक टन मात्रै उत्पादन भएको छ । त्यसैगरी बागमती प्रदेशमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ धान उत्पादन भएको छ ।

उत्पादकत्वको दृष्टिले यो वर्ष कोशी प्रदेश सबभन्दा अगाडि छ । कोशीमा यसपालि एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको छ । सबभन्दा कम उत्पादकत्व भने मधेस प्रदेशमा देखिएको छ । मधेशमा एक हेक्टर जग्गामा औसत ३.४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ ।

Advertisement

मन्त्रालयका अनुसार चालु वर्षमा धानको उत्पादन र उत्पादकत्व बढ्नुमा उन्नत जातको बिउको प्रयोग प्रमुख कारण भएको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन् । उन्नत बिउको उपलब्धता, रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा कम नोक्सानी, मलखाद र कृषि औजारको सहज उपब्धतालगायतका कारणले धान उत्पादन बढेको मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशको कृषि मन्त्रालयले जिल्लाबाट संकलन गरेको तथ्यांक र इसिमोडले उपलब्ध गराएको स्याटेलाइट इमेलकोसहयोगमा उत्पादनको तथ्यांक विश्लेषण गरि उत्पादनको अवस्था संघीय मन्त्रालयले सार्वजनिक गरेको हो । तराई मधेशमा लगाइएको धानवालीको क्षेत्रफल र चालु आर्थिक वर्षमा भएको रोपाईको प्रतिशत दरलाई आधार मानेर धानको उत्पादन परिमाण निकालिएको मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top