फ्रेन्च कपमा गोल वर्षा ,एमबाप्पेको ह्याट्रिक,पीएसजीको ९ गोल

२२ पुस ८०, सोमबार

२३ पुष,एजेन्सी ।

स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च कपमा रिभलविरुद्ध ९–० को फराकिलो जित निकालेको छ । फ्रान्सको छैटौँ श्रेणीको क्लबमाथि पीएसजीले निरन्तर दबाब बनाएको थियो । रिभलको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा रान्डाल कोलो मुयनीले दुई गोल गरे ।

यस्तै, मार्को असेन्सियो, गोन्कालो रामोस, र चेर एन्डोउरले समान एक गोल गरे । पीएसजीले एक गोल घरेलु टिमका म्याक्सेन्स ए’गुसेनबाट आत्मघाती उपहार पाएको थियो । फ्रान्सका कप्तान समेत रहेका एम्बाप्पेको यो कीर्तिमानी गोल हो । फ्रेन्च लिगमा एमबाप्पेले २२ खेलमा ३० गोल गरिसकेका छन् ।

Advertisement

यता आर्सनललाई उसैको मैदानमा २–० ले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इमिरेट्स रंगशालामा पाहुना टिमलाई जित दिलाउन लुइस डियाजले एक गोल गरे । लिभरपुलले अर्को एक गोल घरेलु टिमबाट आत्मघाती उपहार पाएको थियो ।

आर्सनलले पहिलो हाफमा दबाब कायम गरे पनि पाहुना टिमविरुद्ध अग्रता बनाउन सकेन । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार बारमा लागेर फर्कंदा काइ हाभार्ट्ज र रेइस नेल्सनले पनि प्राप्त मौकाको सदुपयोग गर्न सकेनन् । लिभरपुलले नियमित कप्तान भर्जिल भान डाइक र फरवार्ड मोहम्मद सालाहबिना नै जित निकालेको हो ।

Advertisement

भान डाइक अस्वस्थ र सालाह अफ्रिका कप अफ नेसन्सका निम्ति इजिप्टमा छन् । यस्तै मिडफिल्डर केभिन डी ब्रुयना फर्किएको खेलमा हडर्सफिल्ड टाउनविरुद्ध ५–० को सहज जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

आइतबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा साविक विजेता सिटीलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । हुलियन आल्भारेज र जेरेमी डोकुले समान एक गोल गरे । सिटीले अर्को एक गोल पाहुना टिमबाट आत्मघाती उपहार पाएको थियो । उता बार्बास्ट्रोविरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना कोपा डेल रेको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति क्याटालन ‘जायन्ट’लाई जित दिलाउन फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । बार्बास्ट्रोका एडी मेसा र मार्क प्राटले गोल फर्काए । कोपा डेल रेअन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा रियाल सोसिडाडले मालागालाई १–० र टेनेरिफेले लास पाल्मेसलाई २–० ले हराए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top