पोखरा विमानस्थलबाट एक वर्षमा जम्मा ५ उडान, कसरी तिर्छ ऋण ?

२२ पुस ८०, सोमबार

२३ पुष,काठमाण्डौ ।
अर्बौँ ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा मात्रै पाँच वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ ।

गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तराष्ट्रिय चार्टर उडान गरेको थियो । उक्त उडानमार्फत असार ८–९ गते पोखरामा आयोजना भएको नेपाल–चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए ।

त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अवतरण गरेको उक्त जहाजमा सात जना चालकदल सदस्य र तीन जना पर्यटक पोखरा अवतरण गरेका थिए । उक्त विमान भुटान फर्किँदा पोखराबाट ४२ यात्रु थिम्पु उडेका थिए ।

Advertisement

त्यस्तै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएको राहत सामग्री बोकेर गत कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेका थिए । उड्डयन कार्यालयका अनुसार पोखरामा गत मङ्सिर ७ गते चौथो पटक अन्तरराष्ट्रिय चार्टर उडान भएको थियो ।

मङ्सिर ९ गते पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट हिमालयन एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको थियो । उक्त उडानबाट १०४ जना यात्रु पोखरा अवतरण गरेका थिए । सञ्चालनको एक वर्षमा पोखराबाट एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन ।

Advertisement

जबकी वार्षिक १० लाख हवाइ यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आएको थियो । यो विमानस्थल चिनियाँ एक्जिम ब्याङ्कबाट २८ अर्ब रुपियाँ भन्दा बढी ऋण लिएर निर्माण गरिएको हो । योे ऋण र ब्याज भुक्तानीको प्रक्रिया यही वर्षबाट सुरु हुने बताइएको छ ।

सरकारी अधिकारीका अनुसार विमानस्थलबाट हुने आम्दानीबाट नै ऋण तिर्ने योजना छ ।यद्यपि चीनले यो विमानस्थलको ऋणलाई बिआरआइको लगानीका रुपमा रुपान्तरण गर्ने योजना बनाएपछि नेपालले लगातार त्यसलाई अस्वीकार गर्दै आएको छ ।

तर विमानस्थलमा योजना अनुरूप उडानमा ढिलाइ हुनुले भने समृद्धिको ढोका खोल्छ भन्ने विश्वास राखिएको विमानस्थलले यही अवस्था रहने हो भने ऋणको भार बोकाउने र आर्थिक कठिनाइ निम्त्याउने जोखिम देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top