ज्योति मगर नाच्दा स्टेज भ्वाङ पर्याे, मजाक नबनाउन अपिल

२३ पुस ८०, मंगलबार

२४ पुष,विराटनगर ।
चर्चित गायिका ज्योति मगर एक सांस्कृतिक कार्यक्रममा नाच्दानाच्दै स्टेज भासिएको छ । पूर्वी इलामको माइ नगरपालिका १ मा बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको देखिन्छ ।

Advertisement

महोत्सवमा पुस १९ गते राति करिब ११ बजे ज्योति मगरले आफ्नो प्रस्तुति दिएको जनाइएको छ । ज्योति खाल्डोमा खस्ने बित्तिकै सुरक्षाकर्मी आएर उठाएको भिडियोमा देखिन्छ । सो घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश व्यक्त गरेका छन । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् ।

यही घटनालाई लिएर ज्योतिको भिडियो भाइरल भएपछि अर्की चर्चित गायिका एलिना चौहानले यो भिडियोलाई लिएर मजाक नबनाउन अपिल गरेकी छन् ।मगरको नाच्दानाच्दै स्टेजमा पछारिएको घटनाप्रति उनले दुःख व्यक्त गरेकी छिन। उनले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै व्यस्तताका कारण भिडिओबारे ढिलो थाहा पाएको बताएकी छन्।

Advertisement

उनले लेखेकी छन्, ‘सिमसार महोत्सवमा ज्योति दिदीले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केहि कमजोरी देखिएछ जसका कारण दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो ।’कलाकार भएपछि दर्शकलाई रुझाउन गाह्रो हुने भएकाले लडेको कुरालाई लिएर मजाक नबनाइदिन उनले सबैलाई अनुरोध गरेकी छिन।

‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा दर्शक रुझाउन अनि उहाँहरूको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मज्जाले महसुस गर्न सक्छु,’ उनी थप्छिन्, ‘उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला।’

Advertisement

‘सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदिनै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाई पनि मन पराउनु हुन्न,’ उनले जोडेकी छिन। यस्ता दुर्घटना फेरि नहोस् भन्दै उनले सम्पूर्ण कार्यक्रम आयोजकहरूलाई ध्यान पुराउन र सजक रहन अनुरोध समेत गरेकी छिन। इलामको माइ नगरपालिका १, बिहीबारेमा पुष १७ देखि २० गतेसम्म १३ कुने सिमसार महोत्सव आयोजना भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top