उच्च पहाडी क्षेत्रमा हिमपात,तराईमा कुहिरो, कहाँ पर्छ पानी ?

२३ पुस ८०, मंगलबार

२४ पुष,विराटनगर ।
आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । चिसो बढेसँगै बिहान तराईका अधिकांश भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक÷दुई स्थानमा दिउँसो र राति हल्का हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभर तापक्रम घट्ने क्रममा छ । उच्च पहाडी तथा हिमाली भेगमा केहीदिनदेखि हिमपात भइरहेका कारण देशभर चिसो बढेको मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् । जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको उनले बताए ।

Advertisement

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५, जिरीको माइनस शून्य दशमलव ६ र जोमसोमको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top