नेपालको पासपोर्ट उत्तर कोरियाको भन्दा पनि कमजोर

२६ पुस ८०, बिहीबार
Share this
741shares

२६ पुष,एजेन्सी ।
विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको छ । नेपालको पासपोर्ट संयुक्त राष्ट्रसंघसहित पश्चिमा राष्ट्रहरुले कठोर प्रतिबन्ध लगाएको उत्तर कोरियाको भन्दा कमजोर रहेको छ। हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा परेको हो ।

Advertisement

नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिनाभिसा जान सकिन्छ । नेपाल सूचीको ९८औँ स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको कोरिया भने सूचीको ९७ औं स्थानमा रहेको छ । उत्तरबाट पासपोर्टले ४२ देशमा टिकट काटेर बिनाभिसा जान सकिन्छ । सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको रहेको छ ।

सुरुमै भिसा नलिइ टिकट मात्र काटेर जान सकिन्छ भन्ने आधारमा विश्वका विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले सूचीकृत गर्ने गरेको छ । हेन्लीले यो डाटा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)बाट लिने गरेको छ । पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले १९४ देश तथा क्षेत्रमा प्रिभिसा बिनानै प्रवेश गर्न पाउँछन् ।

Advertisement

नेपालभन्दा बलियो श्रीलंकाको पासपोर्टले ४३ र बंगलादेशको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ । ८०औँ स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिन्छ । ६२औँ स्थानमा रहेको चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ । यो सूचीमा भुटान निकै माथि रहेको छ।

भुटान सूचीको ८७ औं स्थानमा छ जबकि भुटानबाट विना भिसा ५५ देशमा जान सकिन्छ । अमेरिकाको पासपोर्ट सातौँ स्थानमा छ । यसले १८८ देशमा अग्रिम भिसाबिना नै प्रवेश गर्न सकिन्छ । सूचीमा नेपालभन्दा पछि रहेका देशहरुमा भने सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top