भारतमा फिल्मीशैलीमा गुडिरहेको ट्रकबाट १६ करोडको आइफोन चोरी

२६ पुष,एजेन्सी ।
हामीले विभिन्न चलचित्रमा हेर्दै आएको चोरीको घटनालाई स्मरण गराउने गरी भारतमा गुडिरहेको ट्रकबाट झन्डै १० करोड भारु अर्थात १६ करोड नेपाली रुपैयाँ बराबरको आइफोन चोरी भएको छ । पश्चिम बङ्गालमा गुडिरहेको ट्रकबाट चोरहरूले ९ करोड ७० लाख भारु मूल्य बराबरका १ हजार ५०० थान आइफोन चोरेका छन् ।

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकको मोबाइलहरू बोकेर एउटा ट्रक चेन्नईबाट कलकत्ता गइरहेको थियो । पश्चिम बङ्गाल छिर्ने बित्तिकै ट्रकबाट मोबाइल चोरी भयो । चोरीको पूरा घटना सुनेर कलकत्ता उच्च अदालतका न्यायाधीश समेत छक्क परेको थियो । यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी २ मा हुने बताइएको छ ।

यो घटना गएको वर्ष सेप्टेम्बर २८ को हो । चोरी गरिएका कयौँ फोन चोर बजारमा विक्री गरेर खरिदकर्ताले चलाउन समेत सुरु गरिसकेका थिए । आइफोन ओसार्ने ट्रकमा अत्याधुनिक जीपीएस सिष्टम लगाइएको थियो । ट्रक कुनै ठाउँमा पाँच मिनेटभन्दा बढी समय रोकिने बित्तिकै ट्रक सञ्चालक कम्पनीको कार्यालयमा यसबारे अलर्ट पुगिसक्थ्यो ।

Advertisement

सन् २०२३ को सेप्टेम्बर २८ को बिहान ६ बजे उक्त ट्रक पश्चिम मेदिनीपुर जिल्लाको नयाँ बजारमा एउटा पेट्रोल पम्पमा ५ मिनेटभन्दा बढी समय रोकियो । अलर्ट आएपछि ट्रक सञ्चालक कम्पनीले चालकलाई बारम्बार फोन गरे । तर फोन उठेन । ४५ मिनेटपछि कम्पनीले डेबरा प्रहरी थानामा यसबारे उजुरी दियो ।

प्रहरीले ट्रक बरामद गर्दा चालक वा सहचालक कोही भेटेनन् । ट्रकबाट सबै आइफोन गायब थिए । ट्रक कतै पनि लामो समय नरोकिएकोले आइफोन ट्रक गुडिरहेको बेलामा चोरी भएको ट्रान्सपोर्ट कम्पनीका वकिलको दाबी थियो । पश्चिम बङ्गाल छिर्ने बित्तिकै आइफोन बोकेको ट्रकलाई अर्को एउटा ट्रक लामो समयसम्म पिछा गरिरहेको थियो ।

Advertisement

सडकमा ट्रकहरु सँगसँगै गुडिरहेको बेलामा ट्रक चालकको मिलिमतोमा आइफोनलाई अर्को ट्रकमा सारिएको अनि चालक र सहचालक दुवैले ट्रक छोडेर भागेको बताइएको छ । यस मामिलामा प्रहरीले कसैलाई पनि नसमातेको र अनुशन्धानमा असहयोग गरेको भन्दै ट्रान्सपोर्ट कम्पनी उच्च अदालतमा पुगेको थियो ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top