राष्ट्रिय एकता अभियान भन्छ, ‘नेपाल चीनको ऋण जालमा’

२६ पुस ८०, शुक्रबार

२६ पौष, विराटनगर । राष्ट्रिय एकता अभियानले विराटनगरमा ’राष्ट्रिय स्वाधीनता, बीआईआर ऋणजाल र पोखरा अन्तराष्ट्रिय विमानस्थल’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

कार्यक्रममा संयोजक बिनय यादबले चीनले विश्वभर आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अपनाएको बताए ।

उनले चीनले आफ्नो निहित स्वार्थ अन्तर्गत अघि सारेको बेल्ट एण्ड रोड पहलको ऋणजालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल फस्दै गएको समेत आरोप लगाएका छन् ।

Advertisement

उनले भने, “अफ्रिकी मुलुकहरु, श्रीलंका र पाकिस्तान चिनियाँ बेल्ट एण्ड रोड परियोजनाको ऋण जालमा यस अघि नै फसिसकेका छन् भने पछिल्लो समय यस सूचीमा नेपाल पनि थपिएको छ।

चिनियाँ सरकारले प्रस्ताव गरेको ठूलो पूर्वाधार परियोजना बीआरआईले एसिया, युरोप र अफ्रिकालाई सडक, रेलमार्ग, बन्दरगाह र अन्य पूर्वाधार परियोजनाहरूको सञ्जालमार्फत जोड्ने लक्ष्य राखेको भनेपनि यसले सहभागी विकासोन्मुख देशहरूलाई ऋणको जालमा पारी उनीहरूको स्वाधीनतामाथि हस्तक्षेप गर्ने गरेको यादवले आरोप लगाए ।

Advertisement

प्राध्यापक राजेन्द्र गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा संबिधान सभाका सदस्य बिपी यादव अभियानका प्रवक्ता जीवन साह, समाज सेवी अरुण शर्मा, डॉ महादेव भगत, सत्यनारायण साह, आभा फाउंडेशनकी संस्थापिका आभा अनुपमा, उमेश यादव लगायत पनि चीनको बीआरआई परियोजनाविरद्ध खनिए । उनीहरुले चीनले ठूला परियोजनाहरू मार्फत साना मुलुकहरुलाई ऋणजालमा फसाई रहेको आरोप लगाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top