कुलमान अन्ततः पछि हटे, बक्यौता नतिर्ने २३ उद्योगमा लाइन जडान

२६ पुस ८०, शुक्रबार

२७ पुष,काठमाण्डौं ।
नेपाल विद्युत प्राधिकरणले अन्ततः उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ । सरकारले छानबिन आयोग गठन गर्दै उद्योगमा बिजुली जोड्न निर्देशन दिएको दुई दिनपछि प्राधिकरणले उक्त निर्णय गरेको हो । योसँगै विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरुको काटिएको विद्युत आपूर्ति जोडिने भएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले जडान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले लाइन जोड्न निर्देशन दिएको थियो । तर त्यसको भोलिपल्ट बसेको प्राधिकरणको सञ्चालक समितिले भने पत्र नआएको भन्दै लाइन जोड्ने निर्णय गर्न अस्वीकार गरेको थियो ।

मन्त्रिपरिषद् निर्णयको पत्र प्राधिकरणमा बिहिबार अपराह्न ३ बजे पुगेको थियो । पत्र पाएलगत्तै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतलाई शुक्रबार बिहानका लागि बैठक राख्न लगाएका थिए । प्राधिकरणले पुस ६ गतेयता २४ उद्योगको लाइन काटेको थियो ।

Advertisement

तीमध्ये एउटा उद्योगको भने किस्ता तिरेपछि यसअघि नै जडान गरिएको थियो । संचालक समितिको निर्णय अनुसार प्राधिकरणको व्यवस्थापनले लाइन जडानको तयारी गरेको छ । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पुस ६ गते जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।

जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बक्यौता नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको हो । यस्तै, पुस ८ गते सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको थियो ।

Advertisement

लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, अशोक स्टिले ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयल प्रालिले ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख रुपैयाँ बक्यौता नतिरेको प्राधिकरणको हिसाब छ ।

यस्तै, पुस १३ गते बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन एण्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, नारायणी स्पात, सिद्धार्थ पेट प्लास्ट र बुटवल सिमेन्टको लाइन काटिएको थियो ।

पछिल्लोपटक पुस २३ गते प्राधिकरणले हुलास स्टिलको लाइन काटेको प्राधिकरणले बक्यौताको किस्ता तिरेपछि हिमाल आइरनको भने जोडिदिएको थियो । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

मितिमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र उद्योगसचिव मुकुन्दप्रसाद निरौला सदस्य छन् । सो समितिको प्रतिवेदनपछि मात्रै बक्यौता बाँकी रहेका उद्योगहरुले के कसरी बक्यौता तिर्ने वा तिर्नुनपर्ने निर्णय हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top