×

NEPAL TIMES UPDATES

Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026

Red sea मिसाइल आँधी ,Houthi vs. America

२७ पुष २०८०

२७ पुष, विराटनगर ।

इरानले टर्कीका लागि तेल निर्यात गर्ने अमेरिकन कार्गो जहाज कब्जामा लिएको छ । गत वर्ष त्यही जहाज र यसको तेल संयुक्त राज्यले जफत गरेको बदलामा टर्कीको लागि इराकी कच्चा तेलसहितको ट्याङ्कर जफत गरेको इरानी समाचार माध्यमले जनाएका छन् । इरानको पछिल्लो यो कदमले मध्य पूर्वमा क्षेत्रीय तनाव निम्त्याउने सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement
Advertisement

‘इस्लामिक रिपब्लिक अफ इरानको नौसेनाले अदालतको आदेशअनुसार ओमनको खाडीमा एक अमेरिकी तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ,’ राज्यद्वारा सञ्चालित आइआरएनए समाचार एजेन्सीले भनेको छ । ‘गत वर्ष संयुक्त राज्यले इरानी तेल चोरी गरेपछि सेन्ट निकोलस ट्याङ्करलाई इरानको नौसेनाले नियन्त्रणमा लिएको हो,’ इरानी नौसेनाले इरानी समाचार एजेन्सी फार्सलाई जानकारी दिदैँ भनेको छ ।

इरानको यो कदमलाई अमेरिकाले गैरकानूनी कब्जा भनेर निन्दा गरेको छ । साथै इरानलाई कब्जा गरिएका जहाज र त्यसका चालक दललाई तुरुन्त रिहा गर्नसमेत माग गरेको छ ।यमनको इरानी पठित हुथीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण गरेको हप्तापछि यो कब्जा भएको हो ।

हुथी विद्रोहीहरूले गाजामा इजरायलको आक्रमणको बीचमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा आक्रमणहरू गरिरहेको बताउँदै आएका छन् । सो समूहको आक्रमणले व्यस्त जलमार्गमा गस्ती गर्ने अमेरिकी नेतृत्वको सेनाले जवाफी कारबाही थालेको छ ।  इरानले अमेरिकन तेल कार्गो कब्जा गरेपछि विश्वव्यापी चिन्ता बढेको छ ।

हुथीहरू अरबी प्रायद्वीपको दक्षिण पश्चिममा बाब अल मन्डब स्ट्रेटमा केन्द्रित छन् तर बिहीबारको यो घटना ओमन र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुजको नजिक अवस्थित थियो । घटना बिहान स्थानिय समय अनुसार ७ बजे भएको ब्रिटिश समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ ।

धेरै इरानी हतियारधारीहरू ओमानको सोहरबाट ५० समुद्री माइल पूर्वमा मार्शल टापुको झण्डा भएको सेन्ट निकोलसमा चढेका थिए र त्यसपछि सो जहाजलाई इरानको बन्दरगाहतर्फ लगेका थिए ।हुथीसंगै इरान पनि अमेरिकाको अगाडि आएपछि रेड सीमा  अमेरिका र बेलायतले भीषण आक्रमण शुरु गरेका छन् ।  हुथीलाई यमनको इरान समर्थित विद्रोही समूह मानिन्छ ।

अमेरिका र बेलायतका सेनाले मिसाइल तथा लडाकु जेटबाट हुथीमाथि आक्रमण गरेको पुष्टि गरेका छन् । हुथी समूहविरुद्ध अमेरिका र बेलायतले गरेको यो पहिलो जवाफी कारबाही हो । गत महिनादेखि ह्वाइट हाउसले हुथी समूहलाई लाल सागरमा आक्रमण रोक्न र नरोके कडा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

अमेरिकाको चेतावनीपछि केही हप्ता आक्रमण रोकेको हुथी समूहले गत मंगलबार भने ड्रोन तथा मिसाइल प्रयोग गरी मालबाहक जहाजमा आक्रमण गरेको थियो । विहीबार हुथी समूहले अदनको खाडीमा एक मालबहाक जहाजमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । गत नोभेम्बर यता हुथी समूहले लाल सागरमा ड्रोन तथा मिसाइलबाट २७ वटा आक्रमण गरेको छ । त्यसैको जवाफस्वरुप अमेरिका र बेलायतले धावा बोलेका हुन् ।

बाइडेनका अनुसार द नेदरल्यान्डस्, अस्ट्रेलिया र बाहरेनले यो मिसनका लागि सहयोग गरेका छन् । हुथी समूहका एक कमाण्डर अब्दुल कादर अल मोर्तदाले अमेरिका र बेलायतले यमनको राजधानी सना, सादा, धमार लगायतका क्षेत्रमा दर्जनौँ पटक हवाइ आक्रमण गरेको सामाजिक सञ्जाल एक्स मार्फत् पुष्टि गरेका छन् ।

हूथी उपविदेश मन्त्री हुसेन अल–इजीले खुलमखुला आक्रमणको अमेरिका र यूकेले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । तर हालसम्म हूथीले जबाफी आक्रमण भने गरेको छैन । हुथीहरू यमनको शिया मुस्लिम अल्पसङ्ख्यक जाइदीहरूको सशस्त्र समूह हो । सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए ।

यसको नाम आन्दोलनका संस्थापक हुसेन अल हुथीबाट राखिएको हो । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हूथीहरूले अमेरिका र इजरेलको अन्त्यको कामना गरेका थिए । उनीहरूले इरानको अगुवाइमा रहेको अमेरिका, इजरेल र पश्चिमा देशहरूको प्रतिरोधी कित्तामा हमास र हिजबुल्लाहसँगै आफूहरू पनि रहेको घोषणा गरेका छन् ।पछिल्लो आक्रमणलाई लिएर साउदी अरबले भने अमेरिकालाई संयमता अपनाउन आग्रह गरेको छ ।

रियादले चिन्ताकासाथ स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । मिडिया रिपोर्ट्सका अनुसार, हुथी विद्रोहीहरुको आक्रमणका कारण गएका केही महिनाहरुमा लाल सागरमा करिब २०० अर्ब डलरको व्यापार डाइभर्ट भएको छ । यसले विश्वभर नै महंगी बढ्ने अनुमान गरिएको छ । यस्तै हुथीमाथि अमेरिका–बेलायतको संयुक्त हवाई हमलापछि पहिला देखिनै हमास युद्ध तनाव बढाएको पश्चिम एशियामा अब थप तनाव बढ्ने आशंका गरिएको छ ।

त्यसमाथि इरानले पनि अमेरिकी कार्गो कब्जा गरेर प्रत्यक्ष युद्धमा होमिने संकेत गरेको छ । यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । उनले इरान समर्थित हुथी विद्रोहीले यदी लाल सागरमा आक्रमण जारी नै राख्यो भने त्यसविरुद्ध थप कदम उठाउने भन्दै चेतावनी दिएका छन् ।बाइडेनले सो क्षेत्रमा अमेरिकाको हस्तक्षेप आवश्यक रहेको पनि बताएका छन् ।

हुथीको हमलाले रेड सीमा जहाजहरुको परिवहन स्वतन्त्रतामा खतरा पैदा भएको भनेका छन् । यस्ता आक्रमणहरु अमेरिकी सुरक्षाबलहरुका लागि, नौसेनाका लागि र हाम्रा व्यापार साझेदारहरुका लागि खतरा रहेकाले अमेरिकी हस्तक्षेप आवस्यक रहेको हो, बाइडेनले भनेका छन् । उनले स्पष्टीकरण दिदै भने, २७ पटक हुथीद्वारा जहाजहरुमा गरिएको हमलापछि जसमा जहाजरोधी ब्यालेस्टीक मिसाइल हमला पनि सामेल थियो, अमेरिकाले बल्ल जवाफ दिएको हो ।

र सो जवाफी हमलामा अमेरिका–बेलायतसंगै अस्ट्रेलिया बहराइन, क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, र न्यूजील्याण्डको पनि समर्थन रहेको बाइडेनले बताए । अमेरिका– बेलायत हवाई आक्रमणले करिब २० मिसाइलहरु र ड्रोनहरुलाई निशाना बनाएको छ । अमेरिकी अधिकारीहरुले यो रक्षात्मक मिशन नभएको भए सायद कयौं जहाजहरु हुथीले ध्वस्त पार्ने वा कब्जामा लिने पनि बताएका छन् ।

Advertisement

इजरायल र हमासबीच युद्ध जारी रहँदा रेड सीमा हुथी भर्सेस अमेरिकी नेतृत्वको गठबन्धन र आफूले समर्थन गरेको विद्रोही समूहका साथै इरान स्वयं पनि कार्गो जहाज कब्जा गर्दै अमेरिकाविरुद्ध उत्रिएको संदर्भमा तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

सम्बन्धित खबरहरु

Scroll to Top