NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

Red sea मिसाइल आँधी ,Houthi vs. America

शुक्रबार पुस २७ , २०८०
Reading Time: 1 min read
A A
Red sea   मिसाइल आँधी ,Houthi vs. America
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ पुष, विराटनगर ।

इरानले टर्कीका लागि तेल निर्यात गर्ने अमेरिकन कार्गो जहाज कब्जामा लिएको छ । गत वर्ष त्यही जहाज र यसको तेल संयुक्त राज्यले जफत गरेको बदलामा टर्कीको लागि इराकी कच्चा तेलसहितको ट्याङ्कर जफत गरेको इरानी समाचार माध्यमले जनाएका छन् । इरानको पछिल्लो यो कदमले मध्य पूर्वमा क्षेत्रीय तनाव निम्त्याउने सम्भावना थप बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘इस्लामिक रिपब्लिक अफ इरानको नौसेनाले अदालतको आदेशअनुसार ओमनको खाडीमा एक अमेरिकी तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ,’ राज्यद्वारा सञ्चालित आइआरएनए समाचार एजेन्सीले भनेको छ । ‘गत वर्ष संयुक्त राज्यले इरानी तेल चोरी गरेपछि सेन्ट निकोलस ट्याङ्करलाई इरानको नौसेनाले नियन्त्रणमा लिएको हो,’ इरानी नौसेनाले इरानी समाचार एजेन्सी फार्सलाई जानकारी दिदैँ भनेको छ ।

इरानको यो कदमलाई अमेरिकाले गैरकानूनी कब्जा भनेर निन्दा गरेको छ । साथै इरानलाई कब्जा गरिएका जहाज र त्यसका चालक दललाई तुरुन्त रिहा गर्नसमेत माग गरेको छ ।यमनको इरानी पठित हुथीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण गरेको हप्तापछि यो कब्जा भएको हो ।

हुथी विद्रोहीहरूले गाजामा इजरायलको आक्रमणको बीचमा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा आक्रमणहरू गरिरहेको बताउँदै आएका छन् । सो समूहको आक्रमणले व्यस्त जलमार्गमा गस्ती गर्ने अमेरिकी नेतृत्वको सेनाले जवाफी कारबाही थालेको छ ।  इरानले अमेरिकन तेल कार्गो कब्जा गरेपछि विश्वव्यापी चिन्ता बढेको छ ।

हुथीहरू अरबी प्रायद्वीपको दक्षिण पश्चिममा बाब अल मन्डब स्ट्रेटमा केन्द्रित छन् तर बिहीबारको यो घटना ओमन र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुजको नजिक अवस्थित थियो । घटना बिहान स्थानिय समय अनुसार ७ बजे भएको ब्रिटिश समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ ।

धेरै इरानी हतियारधारीहरू ओमानको सोहरबाट ५० समुद्री माइल पूर्वमा मार्शल टापुको झण्डा भएको सेन्ट निकोलसमा चढेका थिए र त्यसपछि सो जहाजलाई इरानको बन्दरगाहतर्फ लगेका थिए ।हुथीसंगै इरान पनि अमेरिकाको अगाडि आएपछि रेड सीमा  अमेरिका र बेलायतले भीषण आक्रमण शुरु गरेका छन् ।  हुथीलाई यमनको इरान समर्थित विद्रोही समूह मानिन्छ ।

अमेरिका र बेलायतका सेनाले मिसाइल तथा लडाकु जेटबाट हुथीमाथि आक्रमण गरेको पुष्टि गरेका छन् । हुथी समूहविरुद्ध अमेरिका र बेलायतले गरेको यो पहिलो जवाफी कारबाही हो । गत महिनादेखि ह्वाइट हाउसले हुथी समूहलाई लाल सागरमा आक्रमण रोक्न र नरोके कडा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

अमेरिकाको चेतावनीपछि केही हप्ता आक्रमण रोकेको हुथी समूहले गत मंगलबार भने ड्रोन तथा मिसाइल प्रयोग गरी मालबाहक जहाजमा आक्रमण गरेको थियो । विहीबार हुथी समूहले अदनको खाडीमा एक मालबहाक जहाजमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । गत नोभेम्बर यता हुथी समूहले लाल सागरमा ड्रोन तथा मिसाइलबाट २७ वटा आक्रमण गरेको छ । त्यसैको जवाफस्वरुप अमेरिका र बेलायतले धावा बोलेका हुन् ।

बाइडेनका अनुसार द नेदरल्यान्डस्, अस्ट्रेलिया र बाहरेनले यो मिसनका लागि सहयोग गरेका छन् । हुथी समूहका एक कमाण्डर अब्दुल कादर अल मोर्तदाले अमेरिका र बेलायतले यमनको राजधानी सना, सादा, धमार लगायतका क्षेत्रमा दर्जनौँ पटक हवाइ आक्रमण गरेको सामाजिक सञ्जाल एक्स मार्फत् पुष्टि गरेका छन् ।

हूथी उपविदेश मन्त्री हुसेन अल–इजीले खुलमखुला आक्रमणको अमेरिका र यूकेले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । तर हालसम्म हूथीले जबाफी आक्रमण भने गरेको छैन । हुथीहरू यमनको शिया मुस्लिम अल्पसङ्ख्यक जाइदीहरूको सशस्त्र समूह हो । सन् १९९० को दशकमा तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहले भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूले भ्रष्टाचारविरुद्ध लड्न यो समूह गठन गरेको बताएका थिए ।

यसको नाम आन्दोलनका संस्थापक हुसेन अल हुथीबाट राखिएको हो । सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेपछि हूथीहरूले अमेरिका र इजरेलको अन्त्यको कामना गरेका थिए । उनीहरूले इरानको अगुवाइमा रहेको अमेरिका, इजरेल र पश्चिमा देशहरूको प्रतिरोधी कित्तामा हमास र हिजबुल्लाहसँगै आफूहरू पनि रहेको घोषणा गरेका छन् ।पछिल्लो आक्रमणलाई लिएर साउदी अरबले भने अमेरिकालाई संयमता अपनाउन आग्रह गरेको छ ।

रियादले चिन्ताकासाथ स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । मिडिया रिपोर्ट्सका अनुसार, हुथी विद्रोहीहरुको आक्रमणका कारण गएका केही महिनाहरुमा लाल सागरमा करिब २०० अर्ब डलरको व्यापार डाइभर्ट भएको छ । यसले विश्वभर नै महंगी बढ्ने अनुमान गरिएको छ । यस्तै हुथीमाथि अमेरिका–बेलायतको संयुक्त हवाई हमलापछि पहिला देखिनै हमास युद्ध तनाव बढाएको पश्चिम एशियामा अब थप तनाव बढ्ने आशंका गरिएको छ ।

त्यसमाथि इरानले पनि अमेरिकी कार्गो कब्जा गरेर प्रत्यक्ष युद्धमा होमिने संकेत गरेको छ । यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । उनले इरान समर्थित हुथी विद्रोहीले यदी लाल सागरमा आक्रमण जारी नै राख्यो भने त्यसविरुद्ध थप कदम उठाउने भन्दै चेतावनी दिएका छन् ।बाइडेनले सो क्षेत्रमा अमेरिकाको हस्तक्षेप आवश्यक रहेको पनि बताएका छन् ।

हुथीको हमलाले रेड सीमा जहाजहरुको परिवहन स्वतन्त्रतामा खतरा पैदा भएको भनेका छन् । यस्ता आक्रमणहरु अमेरिकी सुरक्षाबलहरुका लागि, नौसेनाका लागि र हाम्रा व्यापार साझेदारहरुका लागि खतरा रहेकाले अमेरिकी हस्तक्षेप आवस्यक रहेको हो, बाइडेनले भनेका छन् । उनले स्पष्टीकरण दिदै भने, २७ पटक हुथीद्वारा जहाजहरुमा गरिएको हमलापछि जसमा जहाजरोधी ब्यालेस्टीक मिसाइल हमला पनि सामेल थियो, अमेरिकाले बल्ल जवाफ दिएको हो ।

र सो जवाफी हमलामा अमेरिका–बेलायतसंगै अस्ट्रेलिया बहराइन, क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, र न्यूजील्याण्डको पनि समर्थन रहेको बाइडेनले बताए । अमेरिका– बेलायत हवाई आक्रमणले करिब २० मिसाइलहरु र ड्रोनहरुलाई निशाना बनाएको छ । अमेरिकी अधिकारीहरुले यो रक्षात्मक मिशन नभएको भए सायद कयौं जहाजहरु हुथीले ध्वस्त पार्ने वा कब्जामा लिने पनि बताएका छन् ।

इजरायल र हमासबीच युद्ध जारी रहँदा रेड सीमा हुथी भर्सेस अमेरिकी नेतृत्वको गठबन्धन र आफूले समर्थन गरेको विद्रोही समूहका साथै इरान स्वयं पनि कार्गो जहाज कब्जा गर्दै अमेरिकाविरुद्ध उत्रिएको संदर्भमा तपाइँका टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#मेरिकालाई इरानको च्यालेन्ज#अमेरिकी कार्गो कब्जा

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.