×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

उत्तरको ब्यालेस्टिक अभियान, थप क्षेप्यास्त्र परीक्षण

२९ पुष २०८०

२९ पुष,एजेन्सी ।
उत्तर कोरियाले फेरि अर्को ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’को अभ्यास गरेको केही दिनपछि उत्तरले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

“उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेका छन् । ज्वाइन्ट चिफ अफ स्टाफले प्रक्षेपण भएको पत्ता लागेको बताए पनि यसबारे थप विवरण भने दिएका छैनन् ।

Advertisement
Advertisement

जापानको तटरक्षक बलले उत्तर कोरियाको रक्षा मन्त्रालय र चेतावनीवाहक जहाजहरूको जानकारीलाई उद्धृत गर्दै ‘सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र’ उत्तर कोरियाबाट प्रक्षेपण गरिएको बताएको छ । उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।

केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियासँगको सामुद्रिक सीमा नजिक दुर्लभ ‘प्रत्यक्ष आक्रमणको अभ्यास’ गरेको थियो, जसका कारण केही दक्षिण कोरियाली सीमावर्ती टापुमा सावधानीका लागि निर्देशन जारी गरिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले यसै साताको सुरुमा सियोललाई आफ्नो ‘प्रमुख शत्रु’ को संज्ञा दिँदै दक्षिण कोरियालाई ध्वस्त पार्न नहिचकिचाउने चेतावनी दिएका छन् ।

“ऐतिहासिक समय अन्ततः आएको छ, अब हामीले दक्षिण कोरियालाई ‘प्रमुख शत्रुराष्ट्र’को रूपमा परिभाषित गर्नुपर्छ,” किमले बुधबार कोरियाली केन्द्रया समाचार निकाय (केसीएनए)लाई उद्धृत गर्दै भनेका छन् । विश्लेषकहरूले त्यतिबेला यो परिवर्तन महत्त्वपूर्ण रहेको बताएका छन् ।

Advertisement

उनीहरूले प्योङयाङको सियोलप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई ‘अति–उग्र मोड’ मा परिवर्तनको संकेत गरेको थियो । किमले आणविक शक्तिको रूपमा देशको स्थायी हैसियतलाई संविधानमा समावेश गरेपछि र धेरै उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top