हर्कमाथि पहिलो पटक यसरी जङ्गिए उपमेयर बेघा…

२९ पुस ८०, सोमबार

१ माघ,विराटनगर ।
विगत एक वर्षदेखि धरानमा स्वतन्त्र मेयर हर्क साम्पाङको नेतृत्वमा रहेका काम गरिरहेका शान्त स्वभावका उपमेयर उपमेयर आइन्द्र विक्रम बेघा मेयरविरुद्ध पहिलो पटक आक्रोशित बनेका छन् । सामाजिक संजालमा अति सक्रिय मेयर हर्कले उपमेयरले सहयोग नगरेको आशयसहितको अभिब्यक्तिसहित उपमेयर बेघाका विषयमा बोलिएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेपछि मेयर र उपमेयरबीच चर्का चर्की परेको छ ।

धरान उपमहानगरपालिकको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङ्गले उपमेयर आइन्द्र विक्रम बेघाबीच विवाद भएको हो । बैठकहरूमा सधैँ शान्त रहने धरानका उपमेयर अइन्द्रविक्रम बेघा कार्यपालिका बैठकमा भने जङ्गिएका थिए । कार्यपालिका बैठकमा बेघाले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसङ्ग निकाल्दै फेसबुकमा मेयर साम्पाङले सेयर गरेको उक्त भिडिओबारे कुरा उठाएका थिए ।

बेघाले आफूले विगत १८ महिनादेखि मेयर राईलाई निरन्तर साथ दिएको तर अहिले मेयर राईले घाँटी अँठ्याएको आरोप लगाए । उनले आफूले मेयर राईलाई असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे । ‘तपाईँले खेलाँची गरेको हो ? किन शेयर गर्नुभयो ?’, उपमेयर बेघाले आक्रोशित हुँदै भने, ‘तपाईँलाई काँधमा आँखा चिम्लेर बोकेर हिँडेको हो, तर जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिँड्नुस् ।’

Advertisement

उनले आफू पनि जनताको म्याण्डेड पाएर आएको बताउँदै उनले सोधे, ‘मलाई उपमेयर तपाईँले बनाएको हो ? कानून बाहिरको तपाईँको आदेश मान्दिनँ ।’ उनले स्टाटस हटाउन र असहयोग गरेको पुष्टि गर्न बारम्बार माग गरेका थिए । जवाफमा मेयर साम्पाङ्गले बोलिसकेको कुरा फिर्ता नहुने बताएका थिए ।

साथै उनले आफूले भिडिओ शेयर गर्नुको कारण पनि बताएका थिए । खासमा फोटो हटाएको विषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर बेघाले क्षमा मागेका थिए । मेयर राईले बेघाको यस्तो कार्यले असहयोग भएको आरोप लगाए । ‘माफी माग्नुप¥यो भने मैले माग्ने हो, तपाईँले त्यसरी माग्ने होइन’, मेयर राईले भने ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top