Nepal Times
Nepal Times
3
Shares

देशैभरको आजको मौसम कस्तो छ ? आज कहाँ पर्दैछ पानी ?

देशैभरको आजको मौसम कस्तो छ ? आज कहाँ पर्दैछ पानी ?

१ माघ,काठमाण्डौ ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै बङ्गलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, अहिले पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना छ । आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव २ र अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रीसेल्सियस छ । काठमाण्डौ उपत्यकामा भने आज पानी पर्ने सम्भावना नरहेको तर एक÷दुई दिनपछि पानी पर्न सक्ने मौसमविद् सरोज पुडासैनीले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.