तिहार पर्व सुरु, आज धनतेरस

२० कात्तिक २०८३, शुक्रबार
Share this
729shares

२० कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदै ।

प्राचीन मिथिला क्षेत्रमा तिहारको पहिलो दिन आज साँझ दीपमालिका गर्दै धनतेरस मनाइने ।

Advertisement

मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनको हुने ।

धनतेरसका दिन घरमा नयाँ धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किनेर पूजा गर्ने परम्परा ।

धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने धार्मिक विश्वासका साथ साँझ घरघरमा दीपमालिका गरी धनतेरस मनाइन्छ ।

मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार आज बिहान द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाइनेछ ।

त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ ।

त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।

आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top