२० कार्तिक , काठमाण्डौ ।
अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको बेपत्ता तथा हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टद्वारा श्रीमतीको शव टुक्रा–टुक्रा पारेको स्वीकार ।
बिहीबार अदालतमा बयान दिँदै उनले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुईँमा ममतालाई मृत अवस्थामा फेला पारेपछि शव काटेको बताए ।

भट्टका अनुसार ममताको मुख र भुईँमा रगत, खानाका टुक्रा, क्याप्सुल तथा कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेषसहितको वान्ता देखिएको उल्लेख ।
उनले श्रीमतीलाई छामेर हेरेको, बोलाउने प्रयास गरेको र सीपीआरलगायत जीवनरक्षक उपाय अपनाएको समेत गरे दाबी ।
तर, त्यसपछि शव टुक्रा पार्ने निर्णय गरेको र सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको दिए बयान ।
शव बाथरुममा लगे पनि शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन काम रोकेको उनको भनाइ ।
त्यसपछि नाबालक छोरीको हेरचाहमा लागेको दिए बयान ।
ममता काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
प्रहरीले शयनकक्ष र बाथरुममा रगतका टाटा तथा कपाल अड्किएको विद्युतीय आरा बरामद गरेपछि सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो।
ममताको शव अहिलेसम्म फेला परेको छैन।
नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र क्षतविक्षत पारेको अभियोग ।



