×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

मेलम्चीमा नेताहरुको राजनैतिक स्टन्ट, बालेनले गरे पर्दाफास

१ माघ २०८०

१ माघ,विराटनगर ।
आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भ गरे । सो क्रममा उनले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए । प्रधानमन्त्रीले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्नेमा जोड दिए । तर प्रधानमन्त्रीले यस्तो आश्वासन र प्रतिबद्धता व्यक्त गर्दै आजदेखि काठमाडौंमा फेरि पानी वितरण हुन थालेको संदर्भमा आम जनमानसमा विगतको जस्तै समस्या फेरि पनि दोहोरिने, फेरी पनि पानी आउन बन्द हुने हो कि भन्ने आशंका भने यथावत नै छ।

Advertisement
Advertisement

आम मानिसका यस्ता आशंका र गुनासा त छदैथिए, यसमा मुलुकको सबैभन्दा ठूलो र संघीय राजधानी नै रहेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि शंकासहित व्यंग्य गरेका छन् । उनले प्राविधिक जोखिमको आंकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको जिकिर गरेका छन् ।

राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग भएको शाहले बताएका हुन् । सामाजिक सञ्जालमा लेख्दै व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’ छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक रहेको उनले भनाई छ।

‘हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साँच्चै नै जित्नु भयो भनेर,’ उनले भनेका छन् ।

उनले थप भनेका छन्, ‘अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरुङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ ।

बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौँ समय र अर्बौँको लागत लाग्न सक्छ । वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका नै छैनन् ।’ निक्कै लामो स्टाटसमा उनले भनेका छन्, हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।
मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरू थाहा पाउनुहोस् ः
१. २०७७ फागुन – तत्कालीन प्रम केपी ओली
२. २०७७ चैत्र – तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी
३. २०७९ वैशाख – तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी
४. २०७९ मङ्सिर – तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरी
५. आज (२०८० माघ १) – प्रम पुष्पकमल दाहाल

अर्थात्,विभिन्न मितिमा खानेपानी मन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उद्घाटन ५ पटक भइसक्यो । उनले मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुङ खन्न सुरु गरेयताका सबै प्रयासहरु बारेमा पनि उल्लेख गरेका छन् । उनले अहिले पनि प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको भन्दै बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुङमा पसेर सुरुङ नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौँ समय र अर्बौँको लागत लाग्न सक्ने बताएका छन् ।

उनले प्राविधिक जोखिमको आंकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक कतगलत कै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै भएको बताएका छन् । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरुपयोग हुनु रहेको उनले बताएका छन् ।

यसैले छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरुपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक रहेकोमा उनले जोड दिएका छन् । उनले आलोचना मात्र नगर्ने भन्दै बाह्रै महिना चौबिसै घण्टा पानी आओस् भन्ने चाहेको बताएका छन् । उनले केन्द्र सरकारसँग सहकार्य गर्न चाहेको भन्दै यो मौका दिने आशा लिएको समेत बताएका छन् ।

Advertisement

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top