१ माघ,एजेन्सी ।
डेनमार्कले नयाँ राजा पाएको छ । राजकुमार फ्रेडरिक आन्द्रे हेनरिक देशका नयाँ राजा बनेका छन् । ८३ वर्षीया महारानी मार्गरेथ द्वितीयाले आधिकारिक रूपमा सिंहासन छाडेपछि उनका छोरा फ्रेडरिक दशौँ देशका नयाँ राजा बनेका हुन् । नयाँ राजालाई स्वागत गर्न र महारानीलाई बिदाइ गर्न सोमबार राजधानी कोपेनहेगनका सडकमा लाखौँ मानिस जम्मा भएका थिए ।
महारानी मार्गरेथले सिंहासन त्यागेको घोषणा गर्दै त्यागपत्रमा हस्ताक्षर गरेकी थिइन् । योसँगै प्रधानमन्त्री मेटे फ्रेडरिकसनले राजकुमार फ्रेडरिक दशौँलाई नयाँ राजा घोषणा गरेका थिए । त्यस दौरान नयाँ राजालाई सल्युट अफ अनरका साथ ३ पटक २७ तोपको सलामी दिइएको थियो ।
राजा बनेसँगै फ्रोडरिक दशौँले आफ्नी रानीसँग रानी मेरीले राजदरबारको बालकनीमा आएर शुभचिन्तकलाई हात हल्लाएका थिए । महारानी मार्गरेथ द्वितीयाले सन् १९७२ जनवरी १४ मा आफ्ना श्रीमान् राजा फ्रोडरिक ९ औँको निधनपछि सिंहासन सम्हालेकी थिइन् ।
५२ वर्षपछि महारानीले सिंहासन त्यागेकी हुन् । बेलायतकी एलिजाबेथ द्वितीयापछि मार्गरेथ युरोपमा सबैभन्दा लामो समय शासन गर्ने दोस्रो शासक हुन् । महारानी मार्गरेथको सन् २०२३ मा ढाँडको सर्जरी गरिएको थियो, योसँगै उनले सन् २०२४ को जनवरी १४ मा छोरालाई सिंहासन सुम्पिएकी हुन् । बेलायतका राजा र रानीले डेनमार्कका नयाँ राजा फ्रेडरिक एक्सलाई शुभकामना पठाएका छन् ।