आज पनी ओरालो लाग्यो सुनको भाउ , कतिमा हुँदैछ कारोबार ?

४ माघ ८०, बिहीबार
Share this
722shares

४ माघ ,काठमाडौं ।

Advertisement

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको हो।गत मंगलदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १४ सय रूपैयाँ कारोबार भएको थियो।बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top