भारतले तोड्यो नेपालका तीन विश्व कीर्तिमान

३ माघ ८०, बिहीबार

४ माघ ,एजेन्सी ।

भारतले टी–२० क्रिकेटमा नेपालले बनाएका तीनवटै विश्व कीर्तिमान तोडेको छ । उसले एकै खेलबाट यी कीर्तिमानहरु तोड्दै आफ्नै नाममा नयाँ कीर्तिमान बनाएको हो । भारतले अफगानिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टी–२० आई खेलमा दोस्रो सुपर ओभरमा रोमाञ्चक विजय प्राप्त गर्ने क्रममा नेपालका तीनवटै विश्व कीर्तिमान तोडेको हो ।

बेंगलोरस्थित चिन्नास्वामी स्टेडियममा जितका लागि २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएपछि पुनः टाई भएको थियो । दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाउँदा अफगानिस्तानले मात्र १ रन बनाउन सक्यो ।

Advertisement

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१२ रन बनाएको थियो । भारतीय कप्तान रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित सर्वाधिक १ सय २१ रनमा नट आउट रहे । रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे ।

४.३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगिसकेको भारतलाई रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गर्दै लयमा फर्काएका थिए । भारतले अन्तिम १२ बलमा ५८ रन जोडेको थियो । अन्तिम ओभरमा भारतले करिम जन्नतबाट ५ छक्कासहित कूल ३६ रन जोडेको थियो ।

१९औँ ओभरमा भारतले २२ रन जोडेको थियो । त्यही क्रममा भारतले नेपालका तीन विश्व कीर्तिमान तोडेको हो । भारतले अन्तिम दुई ओभरमा ५८ रन जोड्यो । टी–२० क्रिकेटमा अन्तिम दुई ओभरमा जोडेको यो अहिलेसम्मकै बढी रन हो । यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध अन्तिम २ ओभरमा ५५ रन जोडेर विश्व कीर्तिमान बनाएको थियो ।

भारतले डेथ ओभर अर्थात् अन्तिम ५ ओभरमा अफगानिस्तानविरुद्ध १०५ रन बनाएको छ । टी–२० आईमा डेथ ओभरमा जोडेको यो अहिलेसम्मकै धेरै रन हो । यसअघि नेपालले मंगोलियाविरुद्ध डेथ ओभरमा ८९ रन जोडेर विश्व कीर्तिमान कायम गरेको थियो ।

बुधबारको खेलमा अफगानिस्तानविरुद्ध भारतका रिंकु र रोहितले पाँचौँ विकेटका लागि ९५ बलमा १९० रनको विश्व कीर्तिमानी साझेदारी गर्दै नेपालको विश्व कीर्तिमान तोडेको छ । गत अक्टोबरमा मूलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई शृंखलामा नेपालका दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले हङकङविरुद्ध १४५ रनको साझेदारी गरेर विश्व कीर्तिमान रचेका थिए । तर भारतले यो पनि तोडिदिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top