आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धी

५ माघ ८०, शुक्रबार
Share this
800shares

५ माघ, काठमाडौं ।

Advertisement

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य शुक्रबार बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top