×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पाकिस्तान भर्सेस इरान ,को छ शक्तिशाली ?

५ माघ २०८०

५ माघ, एजेन्सी ।
पश्चिम एसियामा इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ । तर अहिले इरान र पाकिस्तानबीच पनि तनाव सुरु भएको छ । मंगलबार इरानले पाकिस्तानमा रहेका आतंककारीमाथि मिसाइल आक्रमण गरेको थियो । पाकिस्तानले यसलाई आफ्नो सार्वभौमसत्ताको उल्लङ्घन भएको भन्दै गम्भीर परिणाम भोग्ने धम्की दिएको थियो ।

यसपछि पाकिस्तानले पनि जवाफी कारबाही गरेको छ । पाकिस्तानले इरानमा बलुच आतंककारीलाई आक्रमण गरेको आरोप छ। यो हमलापछि प्रश्न उठिरहेको छ कि यी दुई इस्लामिक देशबीच युद्ध सुरु हुन सक्छ ? यस्तो भयो भने कसले जित्ला ? फायर पावर इन्डेक्सका अनुसार विश्वभरका सेनाको र्याङ्किङ जारी गर्ने वेबसाइटले पाकिस्तानी सेना ९औँ स्थानमा छ ।

Advertisement
Advertisement

जबकि इरानको वरियतामा १४ औं स्थानमा छ । पाकिस्तानसँग परमाणु बम छ। तर, इरान धेरै मामिलामा पाकिस्तानभन्दा अगाडि छ । पाकिस्तान जनसंख्यामा इरानभन्दा अगाडि छ । पाकिस्तानको जनसंख्या २४ करोड ७६ लाख छ । जहाँ इरानको जनसंख्या ८ करोड ७५ लाख छ, जसमध्ये अधिकांश शिया मुस्लिम छन्।

दुई देशबीच उपलब्ध सेनामा पनि ठूलो भिन्नता छ। पाकिस्तानी सेनामा ६ लाख ५४ हजार सक्रिय सैनिक छन् भने इरानमा ६ लाख १० हजार सक्रिय सैनिक छन् । नौसैनिक बलको कुरा गर्दा इरान र पाकिस्तान दुवैलाई यसमा खासै फाइदा छैन । फ्लीट क्षमताको कुरा गर्दा इरानसँग १०१ र पाकिस्तानसँग ११४ बेडा छन्।

दुवै देशसँग एउटै विमानवाहक जहाज छैन। पनडुब्बीको मामिलामा इरान पाकिस्तानभन्दा अगाडि छ । यसको मुख्य कारण इरानले अमेरिकी नौसेनालाई हेरेर आफ्नो नौसैनिक बल बढाएको हो । इरानसँग १९ पनडुब्बी छन् । जबकि पाकिस्तानमा जम्मा आठ छन् । पाकिस्तानसँग दुईवटा विनाशक छन्। जबकि इरानसँग एउटा पनि छैन।

इरानसँग ७ र पाकिस्तानसँग ९ वटा लडाकु जहाज छन् । इरानका लागि सबैभन्दा ठूलो फाइदा यो हो कि त्यहाँ इन्धनको कमी छैन। पाकिस्तानले तेल आयात गर्छ । इरानमा तेलको भण्डार छ। युद्ध भएमा इरानले सामुद्रिक मार्ग अवरुद्ध गरेर तेल पाकिस्तान पुग्नबाट रोक्न सक्छ ।

Advertisement
Advertisement

इरानमा पाकिस्तानको भन्दा दोब्बर एयरपोर्ट छन्। पाकिस्तानमा १५१ एयरपोर्टहरू छन्। जबकि इरानमा ३१९ एयरपोर्ट छन् । पाकिस्तानको ऋण पनि इरानको भन्दा कैयौं गुणा बढी छ, जसले युद्धको अवस्थामा उसको अवस्था बिग्रन सक्छ । तर, पाकिस्तानको सबैभन्दा ठूलो शक्ति परमाणु बम हो । तर ड्रोनको मामिलामा इरान सबैभन्दा शक्तिशाली छ। उसले शहीद ड्रोन बनाउँछ, जुन रुसले प्रयोग गरिरहेको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top