Nepal Times
Nepal Times
3
Shares

जापानी रोबोट चन्द्रमामा

जापानी रोबोट चन्द्रमामा

६ माघ,एजेन्सी ।

जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू–उपग्रह अर्थात चन्द्रमामा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

तर इन्जिनियरहरू अहिले मिसन बचाउन संघर्ष गरिरहेका छन् । यसको सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा परेको छ । यसअघि भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिकै मानवरहित यान अवतरण गराउने पहिलो देश बनेको थियो ।

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो । यता चीनको बेटाभोल्ट कम्पनीले अहिलेसम्मकै शक्तिशाली ब्याट्री बनाएको दाबी गरेको छ । यो ब्याट्रीले फेरि चार्ज नगरे पनि ५० वर्षसम्म स्मार्टफोनलाई पावर दिन सक्ने कम्पनीको भनाइ छ ।

इकोनोमिक टाइम्सका अनुसार, संसारको पहिलो लघु परमाणु ऊर्जा प्रणाली भनिएको यो ब्याट्रीको आकार एक सिक्काभन्दा सानो छ । ब्याट्रीको सफल परीक्षण पनि भइसकेको साइन्ड एण्ड टेक्नोलोजी डेलीको रिपोर्टमा उल्लेख छ । परमाणु ब्याट्रीको प्रयोग स्मार्ट फोन र ड्रोनलगायतमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

चाइना डेलीका अनुसार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ वेईले नयाँ प्रकारको परमाणु ब्याट्री बिना रिचार्ज ५० वर्षसम्म उस्तै शक्तिका साथ चल्ने दाबी गरे । उनका अनुसार, कम्पनीको पहिलो उत्पादन बीभी १०० ब्याटरीको शक्ति १०० माइक्रोवाट छ । तीन भोल्ट र १५,१५,१५ क्युबिक मिलिमिटर अकारको ब्याट्री एक सिक्काभन्दा सानो छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.