×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

यू १९ विश्व कप क्रिकेटः आज तीन खेल हुँदै

६ माघ २०८०

६ माघ,एजेन्सी ।

आइसीसी यू १९ विश्वकप क्रिकेट अन्र्तगत आज तीन खेल हुँदैछ । आज स्कटल्याण्ड र इग्ल्याण्ड , बंगलादेश र भारत तथा पाकिस्तान र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदैछ । सबै खेल नेपाली समय अनुसार आज दिउँसो १ ः४५ बजे देखि सुरु हुनेछ । हिजो देखि सुरु भएको आइसीसी यू १९ विश्वकपमा आयोजक दक्षिण अफ्रिका र आयरल्यान्डले आ आफ्ना खेल जितेका छन ।

Advertisement
Advertisement

दक्षिण अफ्रिकाले वेष्ट इण्डीजलाई तथा आयरल्यान्डले अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेका हुन । समूह ‘बी’मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र समूह एमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो । प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ ।

नेपालले पहिलो खेल भोली आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । यस समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । नेपाली समयअनुसार खेल भोलि दिउँसो १ः४५ बजे सुरु हुनेछ । समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् । नेपाल यू१९ विश्वकप आठौं पटक खेल्दैछ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू१९ विश्वकप खेलेको थियो । हालसम्म यू१९ विश्वकपमा नेपालको उत्कृष्ट नतिजा प्लेट च्याम्पियन हो ।

२००६ को प्लेट च्याम्पियन फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । नेपाली टोलीमा कप्तान देव खनालसहित, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द रहेका छन् ।

नेपालकै समूहमा भएको पाकिस्तान दुई पटकको विजेता हो । नेपालले समूह चरणमै आईसीसीको पूर्ण राष्ट्रहरूसँग खेल्ने छ । यू–१९ मा नेपालका लागि यी कुनै नौला प्रतिद्वन्द्वी होइनन । समूह चरणमा खेल्ने टोलीसँग नेपाल परिचित छ । तर ‘ग्रुप अफ डेथ’ मानिएको समूहमा नेपाल जितविहीन हुने त होइन भन्ने पनि छ ।

किनभने समूहका अन्य तीन टोलीको स्तर नेपालभन्दा माथि छ । यसअघि यू–१९ विश्वकपका सात संस्करणमा प्रतिस्पर्धा गर्दा नेपाल एकपल्ट मात्र समूह चरणमा जितविहीन रहेको थियो । सन् २०१२ मा अस्ट्रेलियामा भएको यू–१९ विश्वकपको समूह चरणमा नेपाल आयोजक अस्ट्रेलियासहित इंग्ल्यान्ड र आयरल्यान्डसँग पराजित भएको थियो ।

अन्यथा यू–१९ विश्वकपमा नेपालको गर्विलो इतिहास छ । नेपाल ८ वर्षपछि पुनः विश्वकपमा फर्किंदै छ । न्युजिल्यान्डलाई नेपालले सन् २००६ को यू–१९ विश्वकपको प्लेट फाइनलमा १ विकेटले र २०१६ मा समूह चरणमा ३२ रनले पराजित गरेको थियो । २००२ को संस्करणमा नेपालले न्युजिल्यान्डमा पाकिस्तानमाथि ३० रनको सनसनीपूर्ण जित हात पारेको थियो । अ

फगानिस्तानलाई २०११ को यू–१९ ग्लोबल विश्वकप छनोटमा पराजित गरेयता नेपालले यो टोलीविरुद्ध अर्को जित हात पार्न सकेको छैन । नेपालले आइतबार इस्ट लन्डनमा न्युजिल्यान्डविरुद्ध खेलेर यू–१९ विश्वकपको यात्रा सुरु गर्नेछ । त्यसपछि बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानविरुद्ध खेल्ने छ ।

चुनौती रहे पनि तीनवटै टेस्ट खेल्ने राष्ट्रविरुद्ध खेल्न मानसिक रूपमा तयार भएको बताउँदै प्रशिक्षक जगत टमाटा नेपालको लक्ष्य दोस्रो चरणमा पुग्ने रहेको सुनाउँछन । नेपाल गत वर्ष फागुनमा यूएईलाई फाइनलमा उसकै भूमिमा पराजित गरी यू–१९ एसिया छनोट जित्दै विश्वकप पुगेको हो ।

त्यसयता नेपालले यूएईलाई नै फाइनलमा पराजित गरी एसीसी यू–१९ प्रिमियर कप पनि जितेको थियो । अघिल्लो महिना यूएईमै भएको एसीसी यू–१९ एसिया कपमा भने नेपालले निराशाजनक प्रदर्शन ग¥यो । नेपाली टोली पाकिस्तानसँग ७ विकेट, अफगानिस्तान ७३ रन र भारतसँग १० विकेटले पराजित भएको थियो ।

भारतसँग समूह चरणको अन्तिम खेलमा नेपाल ५२ रनमै अलआउट भएको थियो । यद्यपी एसिया कपमा खेलिसकेका हुनाले पाकिस्तान र अफगानिस्तान कस्ता टोली हुन् भनेर केही हदसम्म बुझिसकेको र चुनौती के छन् भनेर थाहा पाएको कप्तान देवले बताउँछन् । यसपालिदेखि यू–१९ विश्वकपको संरचनामा केही परिवर्तन गरिएको छ ।

यसअघि समूहका शीर्ष दुई टोली अघिल्लो चरणमा प्रवेश गर्थे भने पुछारका दुई टोली प्लेट च्याम्पियनसिपमा खेल्थे । अहिले समूहको शीर्ष तीन टोली दोस्रो चरणमा पुग्नेछ भने चौथो हुने टोलीले प्लेअफ खेल्नेछ । समूह चरणमा एउटै खेलमा विजय हात पारे पनि दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना रहन्छ ।

तर, नेपालले पहिलो पटक दक्षिण अफ्रिकामा गएर खेल्न लागेको हो । त्यहाँ खेलेको अनुभव नभए पनि दक्षिण अफ्रिकाको तीव्र गतिका बलरमैत्री विकेटलाई लिएर नेपाली टोली सचेत छ । त्यही भएर कन्डिसन बुझेर खेल्ने नेपालको लक्ष्य छ । दुई साताअघि दक्षिण अफ्रिका पुगेको नेपालले सुरुमा नामिबिया र स्कटल्यान्डसँग अभ्यास खेल खेलेको थियो । दुवै खेल नेपालले जितेको थियो ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top