आज सुनको मूल्य बढ्दा चाँदीको सस्तियो

७ माघ ८०, आइतबार

७ माघ,काठमाण्डौ ।
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।आइतबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदीको मूल्य भने घटेको बढेको छ।

शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएकोमा आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २९अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top