रवि र जीबी अनुशन्धानको घेरामा, गृहमन्त्रीको ठाडो निर्देशन

६ माघ ८०, आइतबार

७ माघ,काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २बाट देशभरकै सबैभन्दा बढी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर संसद र संसदीय समितिमा जनताका मुद्धा उठाइरहेका रवि लामिछाने अर्काे प्रहरी अनुशन्धानमा तानिएका छन् । पत्रकारिता छाडेर मुलधारको राजनीतिमा होमिएदेखि नै कानूनी झमेलामा फस्दै आएका रवि अहिले भने सहकारी घोटाला प्रकरणमा छानविनमा तानिएका हुन् ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रविसहित गितेन्द्रबाबु राई जीवी राई जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ। ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका रविविरुद्ध सहकारीको प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाएको हो।

Advertisement

पुस २५ गते गृहमन्त्रीको नेतृत्वमा गृहसचिव, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, सीआईबीका एआईजी, एसएसपी, सहकारी विभागका रजिष्ट्रार, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो। उक्त बैठकमा पनि सहकारीका समस्या हल गर्नेबारे छलफल भएको थियो।

बैठकपछि गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण बज्राचार्य, एसएसपी दिनेश आचार्यलाई जीबी–रवि जोडिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए। गृहमन्त्रीको निर्देशन अघिसम्म जीबी–रवि जोडिएको भनिएको सहकारी घोटालाको अनुसन्धान सीआईबीले गरेको थिएन।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर कारबाही प्रक्रिया समेत अघि बढाएका थिए। अहिलेसम्म पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँभन्दा बढी, चितवनको साहाराबाट ११ करोड रुपैयाँभन्दा बढी, बुटवलको सुप्रिम सहकारीबाट १० करोडभन्दा बढी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा गएको देखिएको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् नै ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो। त्यसका अध्यक्ष जीबी राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए। पछि राजीनामा दिएर रवि राजनीतिमा लागेका थिए। यता रवि लामिछानेको तर्फबाट बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा १ करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप समेत यसअघि नै सार्वजनिक भएको थियो।

पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै १ करोड निकालिएको पाइएको थियो। तर रविले आफ्नो नाम कीर्ते गरेर रकम निकालिएको हुनसक्ने भन्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्। यसअघि सहकारी प्रकरणमा आफ्नो नाम मुछिएको भन्दै विना प्रमाण समाचार प्रकाशन गरिएको विषयमा रवि कान्तिपुर पब्लिकेशनविरुद्ध अदालत गइसकेका छन् ।

केही दिन अघि मात्रै रवि र जीबी राई विरुद्ध सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका छन् । सफलले यसअघि रविविरुद्ध नागरिकता, राहदानीका विषयमा पटक पटक जाहेरी दिएका थिए ।

उनकै जाहेरीपछि रविको नागरिकता सर्वाेच्च अदालतबाट अवैध ठहर भएपछि उनको सांसद पदसमेत गुमेको थियो । पुन नागरिकता प्राप्तिपछि उपनिर्वाचन मार्फत रवि चितवन २ बाट दोस्रो पटक निर्वाचित भएका थिए ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, सफलको निवेदकको माग छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top