×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

इरानको हमलापछि मध्यपूर्वमा सल्कियो ढडेलो,अमेरिकी एयरबेसमा मिसाइल

७ माघ,विराटनगर ।
लामो समयदेखिजारी युक्रेन रुस युद्ध तथा पछिल्लो समयको हमास र इजरायलबीच जारी बमबारीले विश्व नै थर्कमान बनिरहेका बेला इरानी मिसाइल छिमेकी मुलुकहरुमा बर्सिन थालेपछि मध्यपूर्वमा युद्धको डढेलोको संभावना दिनप्रतिदिन बढ्दै गएको छ । यसले मध्यपूर्वमा ठूलै युद्ध निम्त्याउने खतरा बढेको छ ।

आतंकबादी सफाया गरेको भन्दै सिरिया, इराक र पाकिस्तानमा आक्रमण गर्दै आएको इरानले पछिल्लो पटक अमेरिकी सैनिकलाई नै लक्षित गरि मिसाइल हानेको छ । पश्चिमी इराकको एक एयरबेसमा अमेरिकी सैनिक रहेका छन्, त्यही उसले मिसाइल आक्रमण गरेको छ । जसमा परी कैयौं अमेरिकी सैनिक घाइते भएका छन् ।

Advertisement
Advertisement

अमेरिकी सेनाको केन्द्रीय कमान्डले शनिबार साँझ इरान समर्थित लडाकुहरूले इराकको अल असद एयरबेसलाई ब्यालेस्टिक मिसाइल र रकेटले निशाना बनाएको बताएको छ । यस हमलापछि धेरै अमेरिकी सैनिकको चोटपटकबारे अनुसन्धान भइरहेको छ । यस आक्रमणमा इराकी सेनाका पनि कम्तीमा एक सदस्य घाइते भएका छन् ।

‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक संगठनले अल असद एयरबेसलाई निशाना बनाएको जिम्मेवारी लिएको छ ।अमेरिकामा रहेको वासिङटन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीका अनुसार यो समूह २०२३ को अन्त्यमा देखा परेको थियो । यसमा इराकमा सक्रिय इरानका धेरै सशस्त्र समूह समावेश छन् ।

यसले हालैका हप्तामा अमेरिकी सेनाविरुद्ध धेरै आक्रमण गरेको छ । अल असद बेसमा पछिल्ला केही वर्षमा धेरै पटक आक्रमण भएका छन् । अमेरिकी सेनाले शनिबार प्रहार गरिएका अधिकांश क्षेप्यास्त्र रोकिएको बताएको छ । यद्यपि, कतिपयले हवाई रक्षालाई चकित पारेर आधारलाई निशाना बनाए ।

यसबाट भएको क्षतिको मूल्यांकन भइरहेको छ । गत वर्ष अक्टोबरमा इजरायल र गाजाबीच युद्ध सुरु भएपछि इराक र सिरियामा रहेका अमेरिकी सैन्य आधारमा इरानसँग सम्बन्धित संगठनले गरेको यो पछिल्लो आक्रमण हो । यी घटनाक्रमले मध्यपूर्व क्षेत्रमा चिन्ता र तनाव थप बढेको छ ।

जन हपकिन्स यूनिभर्सिटीमा अन्तर्राष्ट्रीय तथा मध्यपूर्व मामिलाका प्रोफेसर भली नस्र भन्छन्, “इरानले विश्वलाई उसंग मिसाइलमात्रै छ भन्ने होइन यसको प्रयोग गर्न तयार रहेको पनि संदेश पछिल्ला आक्रमणहरुबाट दिएको हो ।गाजापट्टीमा इजराइल र हमासबीच जारी युद्धकाबीच, जसमा खासगरी अब लेबनान र यमन पनि सामेल हुँदै गइरहेका छन्, हुनसक्छ इरानको यो संदेश इजराइल र अमेरिकाका लागि हो, नस्रले टिप्पणी गरेका छन् ।

मध्यपूर्वमा इरानको स्थिति त्यो महत्वपूर्ण बिंदुमा छ जसलाई हामी प्रतिरोधको धुरी भन्न सक्छौ । किनभने यो क्षेत्रका अलग–अलग देशहरुमा इरान समर्थित सशस्त्र विद्रोही गुट छन् । गाजामा हमास, लेबनानमा हिजबुल्लाह, यमनमा हूथी विद्रोही र इराक र सीरियामा शक्तिशाली सशस्त्र गुट । यिनमा अधिकाँश गुटहरुलाई पश्चिमी विश्वले आंतकवादी संगठन घोषणा गरेको छ ।

यी विद्रोही संगठनहरुको सैन्य शक्ति निकै हदसम्म इरानबाट गएका हतियार र ट्रेनिंगको आधारमा टिकेका छन् । यद्यपी हरेक संगठनको अआफ्नो एजेंडा र आआफ्नो छुट्टै लक्ष्य छ । यि सबै मोर्चाहरु कुनै न कुनै स्तरमा सक्रिय रहन्छन् र जसकाकारण कहिले काँही तनाव पनि निकै बढ्न जान्छ ।

खासगरी इजरायल र अमेरिकी नेतृत्वको समूहले यी मोर्चाहरुलाई दबाउन प्रयासरत छन् । जसका कारण दुवैतर्फ कारबाहीका श्रृंखलाहरु पनि चल्ने गरेका छन् । तर यतिबेला जारी कारबाहीले चाहीँ युद्धकै रुप लेला भन्ने चिन्ता बढाएको हो ।विभिन्न शसस्त्र समुहमार्फत छिमेकीका साथै अमेरिकासंग पनि कारबाहीमा उत्रिदै आएको इरानी सरकार यतिबेला घरेलु तथा अन्तर्राष्ट्रिय दबावहरुको सामना पनि गरिरहेको छ ।

इरानको सत्तामा रहेका सर्वोच्च धार्मिक नेताहरुका लागि यो एक कठिन समय पनि हो । किनभने देशभित्र महिलाहरुले स्वतन्त्रताको मागलाई लिएर महिनौदेखि आन्दोलन गर्दै आएका छन् । अर्कोतर्फ अन्तर्राष्ट्रीय प्रतिबन्धहरुका कारण इरानको अर्थव्यवस्था पनि दबावमा छ । कथित भ्रष्टाचारका मामिलाहरु र सुशासन कायम हुन नसक्दा अर्थव्यवस्थाको गति सुस्त भएको छ ।

अर्कोतर्फ हालै इराकमा रहेको इरानी ठेगानाहरुमा अमेरिकाले जुन आक्रमण गरेको थियो, त्यसले उसको महत्वपूर्ण पूर्वाधारहरु ध्वस्त भएको खबरहरु आएका छन् । अमेरिकी रक्षा विभाग पेन्टागनको भनाइ छ कि, यमनमा हूथी विद्रोहीहरुमाथिको आक्रमण उसले लाल सागरमा महत्वपूर्ण समुद्री मार्गमा भएका हमलाको जवाफमा गरेको हो । यी हमलाहरुमा हुथी विद्रोहीहरुको एक चौथाई हतियार भन्डार ध्वस्त भएको पनि खबरहरुमा उल्लेख छ ।
यसको बावजूद इरान र उसका सहयोगीहरु मान्दछन् कि उसलाई हारभन्दा धेरै जीत नै प्राप्त भएको छ । गाजामा प्यालेस्टाइनीहरुको साथमा खडा भएदेखि खाडी देशहरुमा इरानको लोकप्रियता बढेको छ । यमनका हूथी विद्रोहीले अहिले सिंगो विश्वको ध्यान खिचेका छन् । भूराजनीतिका विज्ञहरु भन्छन्, इरान एक व्यापक खेल खेलिरहेको छ ।

उसलाई लाग्छ कि गाजा कब्जापछि इजरायल उप्रति थप आक्रामक हुनसक्छ । यसकारण उ लामो लडाईको तयारीमा लागेको हो । इरानको दीर्घकालिन लक्ष्य मध्य एक यो पनि हो कि उसले अमेरिकालाई आफ्नो ब्याकयार्ड बाहर राख्न चाहान्छ । तर साथसाथै उ इजरायल र अमेरिकासंग सिधा भिड्न पनि चाहादैन ।

यसको मतलब के हो भने, उ भविष्यका लागि यसको आँकलन गर्न चाहान्छ कि खतरनाक क्षेत्रहरुमा कहाँ र कसरी आक्रमण गर्ने । यस्ता क्षेत्रहरुमा जहाँ गलत आकलन खतरनाक हुनसक्छ । इरानको यो रणनीति, अहिले उसले छिमेकी माथि आतंकवादीका नाममा जारी राखेको फाट्टफुट्ट आक्रमण तर पाकिस्तानदेखि अमेरिकी सैनिकसम्मको उसको निशानाले के मध्यपूर्वमा खतराको घण्टी बजेकै हो ?

तपाइँलाई के लाग्छ, आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top