मोदी विश्वकै सर्वाधिक युट्युब सब्स्क्राइबर भएका नेता,कति कमाउँछन् ?

११ माघ,एजेन्सी ।
सामाजिक संजालमा निकै सक्रिय रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमा सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका राजनीतिज्ञ बनेका छन् । उनी विश्वकै पहिलो यस्तो नेता बनेका छन्, जसको युट्युब च्यानलमा २ करोड १३ लाख सब्स्क्राइबर छन् । उक्त च्यानलमा प्रधानमन्त्री मोदीको सम्बोधनदेखि उनका सार्वजनिक कार्यक्रमहरुका भिडियो अपलोड गर्ने गरिएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो क्रियाकलाप तथा भाषण आफ्नै युट्युब च्यानलबाट लाइभ गर्ने गर्छन् । उनको भिडियो हेर्नका लागि अन्य च्यानलको भर पर्नु पर्दैछ । जसले गर्दा उनको सब्स्क्राइबर दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । सोमबार अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको भिडियो पनि मोदीको युट्युब च्यानलबाट लाइभ गरिएको थियो ।

उक्त लाइभ करिब १ करोड जनाले प्रत्यक्ष हेरिरहेका थिए । मोदीले युट्युबबाट उच्च आम्दानी पनि गर्ने गरेको पाइन्छ । स्पिकआरजेको एक रिपोर्टअनुसार मोदीले मासिक १७ लाख अमेरिकी डलर (२२ करोड ५६ लाख नेपाली रुपैयाँ) बढी युट्युबबाट मात्रै आम्दानी गर्ने गरेका छन् ।

Advertisement

मोदीले आफ्नो युट्युबमा राखेको भिडियोको भ्यूजको आधारमा वार्षिक न्यूनतम ९२ लाख २१ हजार अमेरिकी डलर(१ अर्ब २२ करोड नेपाली रुपैयाँ) देखि २ करोड ७ लाख अमेरिकी डलर (२ अर्ब ७५ करोड रुपैयाँ) सम्म आम्दानी गर्ने गरेको दाबी उक्त रिपोर्टमा गरिएको छ ।

मोदी मल्टिमिडिया प्रति चनाखो रहने राजनीतिज्ञ हुन् । उनले पहिरनदेखि स्थानीयकरण सम्मलाई विशेष ख्याल गर्ने गरेका छन् । उनी अन्य सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा पनि लोकप्रिय छन् । फोटो, भिडियोका लागि मोदी विशेष टीम नै परिचालन गर्ने गरेका छन् ।

Advertisement

भारत विश्वकै धेरै जनसंख्या भएको देश हो । जहाँ १ अर्ब ४४ करोड जनसंख्या छ । संसारभर रहेका भारतीय मूलका नागरिकहरुको समेत संख्या जोड्ने हो भने २ अर्ब हाराहारी हुन आउँछ । संसारमा करिब तीन अर्ब मानिसले हिन्दी भाषा बोल्छन÷बुझ्छन्, जसकारण पनि युट्युबमा मोदीको लोकप्रियता दिनदिनै बढेको छ।

मोदीपछि युट्युबमा सबैभन्दा बढी सब्स्क्राइबर भएको नेताको रुपमा दोस्रो स्थानमा ब्राजिलका जेयर बोल्सोनारो छन् । उनको युट्युब च्यानलमा ६४ लाख सब्स्क्राइबर छन् । त्यसपछि युक्रेनका प्रधानमन्त्री भोलोदिमिर जेलेन्स्की छन् । उनको हाल ११ लाख सब्स्क्राइबर छन् । युक्रेन युद्धपछि उनको च्यानलको सब्स्क्राइबर बढेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top