११ माघ ,काठमाडौं ।
बिहीबार सुनको मूल्य घटेको छ। लगातार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज घटेको हो।बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारसम्म छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियो।
आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार बिहीबार चाँदी भने प्रतितोला २० रूपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहको छ।