आज सुनको भाउ घट्दा , चाँदीको बढ्यो

११ माघ ८०, बिहीबार

११ माघ ,काठमाडौं ।

Advertisement

बिहीबार सुनको मूल्य घटेको छ। लगातार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज घटेको हो।बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारसम्म छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियो।

आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघका अनुसार बिहीबार चाँदी भने प्रतितोला २० रूपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार १६ अमेरिकी डलरमा कारोबार भइरहको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top