कस्तो रहनेछ् आजको मौसम ?

१० माघ ८०, बिहीबार

११ माघ ,काठमाडौं ।

Advertisement

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा मधेश प्रदेशका धेरै भू–भागहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।

बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने महाशाखाले बताएको छ।देशको पहाडी भू–भागको एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

Advertisement

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top