मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?

११ माघ,एजेन्सी ।
विश्व फुटबलका दुई महारथी अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लामो समयपछि पुनः एकपटक आमनेसामने हुने भएका छन् । दुई विश्व स्टार आवद्ध अल नासर र इन्टर मियामीबिच आगामी फेब्रुअरी १ तारिखमा साउदी अरेबियामा खेल हुने भएको छ । उक्त खेलमा इन्टर मियामीबाट मेसी र अल नासरबाट रोनाल्डो पनि मैदानमा ओर्लने भएका छन् ।

जुन खेलको प्रतिक्षा विश्वभरका फुटबलप्रेमीहरुलाई रहेको छ । साउदी अरेबिया भ्रमणका क्रममा मेसीको क्लब इन्टर मियामीले अल हिलालसँग पनि खेल्ने कार्यक्रम रहेको छ । ब्राजिलियन स्टार खेलाडी नेयमार हाल अल हिलालबाट ब्यवसायीक फुटबल खेल्छन् । तर, ३१ वर्षीय नेयमार हाल घाइते अवस्थामा रहेकाले उनी मैदानमा देखा पर्ने छैनन् ।

यी खेल जनवरी २९ देखि फेब्रुअरी ८ तारिखसम्म सञ्चालन हुने रियाद सिजन कपका क्रममा खेल्न लागिएको हो । इन्टर मियामी र अल हिलालबिचको खेल भने जनवरी २९ तारिखमा हुनेछ । साउदी फुटबलमा रोनाल्डोको अल नासर र नेयमारको अल हिलाललाई चिरप्रतिद्वन्द्वी क्लबका रुपमा लिइन्छ । यी दुई क्लबबिचको खेल भने फेब्रुअरी ८ तारिखमा खेलिने छ ।

Advertisement

रियाद सिजन कपमा इन्टर मियामीले आमन्त्रित क्लबका रुपमा सहभागिता जनाउन लागेको हो । इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेसी साउदी पर्यटनका सद्भावना राजदूत पनि हुन् । रियाद सिजन कपका लागि टिकट बिक्री पनि जनवरी १९ तारिखदेखि खुला भइसकेको छ ।

खासगरी मेसीको इन्टर मियामी र रोनाल्डोको अल नासरबिचको खेलको टिकट ब्यापक रुपमा बिक्री भइरहेको छ । मेसी र रोनाल्डो हालसम्म ३५ पटक एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । यी दुई खेलाडी क्लब र राष्ट्रिय टोलीबाट खेल्दा एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका हुन् ।

Advertisement

त्यसमध्ये १६ खेलमा मेसीको टोली र १० खेलमा रोनाल्डोको टोली विजयी भएका छन् । बाँकी नौ खेल भने बराबरीमा सकिएको छ । ती ३५ खेलमा मेसीले २१ गोल गरेका छन् भने १२ वटा गोलका लागि असिस्ट गराएका छन् । रोनाल्डोले भने २० गोल गरेका छन् भने एक गोलका लागि असिस्ट गराएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

सम्बन्धित समाचार

Scroll to Top