×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साउदीमा ७० वर्षपछि मदिरा पसल खुला, कसले किन्न पाउँछन् ?

११ माघ २०८०

११ माघ,एजेन्सी ।
साउदी अरेबियामा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला गरिएको छ । तर मदिरा पिउन भने गैरमुस्लिमले मात्र पाउनेछन् । गैरमुस्लिम प्रवासीहरूको समूहलाई लक्षित गर्दै मदिरा पसल खोल्न लागिएको हो । ग्राहकहरू कूटनीतिक कर्मचारीहरूमा सीमित हुनेछन् । साउदी अधिकारीहरूका अनुसार अवैध रूपमा मदिराको व्यापार गर्न भने पाइने छैन ।

सन् १९५२ मा राजा अब्दुलअजिजका एक छोराले मदिरा सेवन गरी बेलायती कूटनीतिज्ञको हत्या गरेपछि त्यसयता साउदीमा मदिरामा प्रतिबन्ध लागेको थियो । मदिराको नयाँ स्टोर रियादको कूटनीतिक क्वार्टरमा शहरको केन्द्रको पश्चिममा अवस्थित हुनेछ । योजनाहरूसँग परिचित एक स्रोतले रोयटर्सलाई भन्यो कि पसल एकहप्ता भित्र खोल्ने अपेक्षा गरिएको थियो ।

Advertisement
Advertisement

यद्यपि त्यहाँ सीमितताहरू हुनेछन् । मदिरा पिउन मन लागेका दूतावासका कर्मचारीहरूले पहिले नै नाम दर्ता गर्नुपर्नेछ र सरकारबाट मदिरा पिउन अनुमति प्राप्त गर्न आवश्यक छ । यस्तै, मदिरा स्टोरमा २१ वर्षमुनिका कसैलाई पनि अनुमति दिइने छैन । कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका निम्ति मदिरा किन्ने सुविधा उपलब्ध हुने छैन ।

साउदी अरबमा तोकिएका मानिसलाई मदिरा उपलब्ध भए पनि त्यसको प्रयोग र प्रयोगपछिका व्यवहारबारे भने सचेत हुनुपर्ने देखिन्छ । साउदी कानुनअनुसार मदिरा साथमा राखेको वा उपयोग गरेको अपराधमा जरिवाना, जेल सजाय, सार्वजनिक रूपमा कोर्रा प्रहार वा देशनिकालासम्म हुन सक्छ ।

Advertisement
Advertisement

मदिरा खुकुलो पार्ने पछिल्ला प्रयासलाई साउदी अरबका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेका उदारीकरणसम्बन्धी भिजन २०३० अभियानकै एक पाटोका रूपमा हेरिएको छ । खाडीका अन्य देशहरूमा पनि मदिरासम्बन्धी यस्तै नियम छ । तर यूएई र कतारमा होटल, क्लब तथा बारहरूमा पनि २१ वर्ष माथिका गैरमुस्लिमहरूलाई मदिरा बेच्न पाइन्छ ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top